लन्डन । अस्ट्रियाको लियोग्यांगमा विश्व दाह्री जुँगा च्याम्पियनशिप सम्पन्न भएको छ ।
प्रतियोगितामा विश्वका विभिन्न देशबाट करिब ३ सयले प्रतिस्पर्धा गरेको समाचारमा जनाइएको छ । प्रतियोगितामा विभिन्न १८ विधामा दाह्रीवाललाई पुरस्कृत गरिएको थियो ।
शनिबार सम्पन्न दाह्रीजुँगा प्रतियोगितामा ६ स्वर्णपदकसहित अमेरिकाले पहिलो स्थानमा हात पारेको छ ।
दोश्रो स्थान जर्मनीले पाएको छ । जर्मनीका ५ जना दाह्रीजुँगाधारीले विभिन्न विधामा पहिलो पुरस्कार प्राप्त गरेका छन् ।
हरेक दुर्इ वर्षमा आयोजना हुने विश्व दाह्रीजुँगा प्रतियोगिताअन्तर्गत सन् २०१३ मा जर्मनीले ११ विधामा उपाधि जितेको थियो ।
यस पटक आयोजक अस्ट्रियाले चारवटा उपाधि हात पारेको छ ।
प्रतियोगितामा हंगेरी र बेलायतले पनि एक एक वटा उपाधि जितेका छन् ।























प्रतिक्रिया