झापा, १९ असोज । मेची अञ्चलमा भोलिदेखि पेट्रोल डिजल सहज रुपमा पम्पबाट वितरण गरिने नेपाल आयल निगम चारआलीले बताएको छ ।
मंगलबार ५ ट्याड्कर पेटोलियम झापाको चारआली डिपोमा आइपुगेको भएपनि वितरणमा समस्या भएको कारणले भोलिदेखि मात्रै वितरण गरिने आयल निगमका मेची प्रमुख आयोगका कमलेश अर्यालले बताउनु भएको छ ।
आज मगलबार झापामा ५२ केल डिजल, २० केल पेट्रोल र १० केल हवाइ इन्धन आइपुगेको र भोली विहान सम्ममा २५ ट्याड्कर पेट्रोलियम पदार्थ झापामा आइपुग्ने आश्वासन पाएकोले भोलिदेखि मेचीका सबै पम्पबाट तेल वितरण गरिने अर्यालले जानकारी दिनुभयो ।
















प्रतिक्रिया