३० आश्विन २०८३, शुक्रबार

नेपाल जोर्डनसँग ३-० ले पराजित, हारसँगै च्याम्पियनसिप यात्रा सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-19Nepali-football-playersकाठमाडौँ, १९ असोज । इरानमा जारी एसियाली फुटबल महासङ्घ १९ वर्षमुनि (एएफसी यु–१९) छनोट प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ ।

आजको हारले आगामी वर्ष बहराइनमा यु–१९ एएफसी च्याम्पियनसिपमा खेल्ने नेपालको सम्भावना सकिएको छ ।

नेपाललाई निराश बनाउने क्रममा जोर्डनले खेलको ७ औँ, १४औँ र खेल सकिन अतिरिक्त समयमा गोल गरेको थियो । सुरुमै गोल खाएका कारण दबाबमा आएको नेपालले गोल फर्काउने प्रयास गरे पनि सफल भएन ।

पहिलो खेलमा नेपालले आयोजक इरानसँग नेपाली टोली १०–० को अप्रत्याशित हार व्यहोरेको थियो भने दोस्रो खेलमा कुबेतसँग १–१ को बराबरी खेलेको थियो । रासस