काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रशिक्षक दासानायकेले मंगलबारै कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका छन् ।
नेपाली क्रिकेटलाई विश्व जगत पु¥याउन दासानायकेको महत्वपूर्ण योगदान छ । राजीनामा कारण नखुलाइएपनि व्यक्तिगत कारणले राजीनामा दिएको उनले बताए ।
दासानायके २०११ को अक्टोबरदेखि नेपाली टोलीको प्रशिक्षकमा कार्यरत छन् । अर्को महिना युएईको अवुधामीमा पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिपको एकदिवसीय खेलसम्म दासानायकेले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । कप्तान पारस खड्काको अनुशासनको कारबाहीलाई लिएर दासानायके असन्तुष्ट थिए ।















प्रतिक्रिया