३० आश्विन २०८३, शुक्रबार

विश्वसामू फेरि शिर झुकायो भारतले !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Vs-Africa-Cricket-1

काठमाडौं, १९ असोज । नेपालमा नाकाबन्दी गरेर आलोचित भारतले एकपटक फेरि विश्वसामू शिर झुकाएको छ ।

दोस्रो टी-२० मा दक्षिण अफ्रिकासँगको खेलमा लज्जास्पद हार व्यहोरेपछि भारतले विश्वसामू शिर झुकाएको हो । हारका कारण मात्रै भारतको शीर झुकेन् जब उसका दर्शकले मैदानमा उपद्रो मच्चाए तब विश्वभरीबाट खेल हेरिरहेका दर्शकले भारतको औकात थाहा पाए । भारत हार्ने स्थितीमा पुगेपछि भारतीय दर्शकहरुले मैदानमा बोतल बर्साएर उपद्रो मच्चाएका थिए ।

कट्टकस्थित बाराबाती रंगशालामा आयोजित म्याचमा भारतले हार्न लागेपछि दर्शकको अवरोधले दुई पटकसम्म खेल विथोलिएको थियो । दर्शकले ५० मिनेटसम्म अवरोध गरेर खेल भाँड्ने प्रयास गरे तापनि भारतले खेलमा आफूलाई हारबाट जोगाउन सकेन्  ।

Indiaयो घटनाले भारतको शिर विश्वमै झुकेको भारतीय सञ्चारमाध्यमले नै टिप्पणी गरेका छन् । टस हारेर पहिला ब्याटिङ गरेको भारत मात्र ९२ रनमा समेटिएपछि आक्रोशित दर्शकले इनिङ ब्रेकका क्रममा बोतलले मैदान हान्न थालेका थिए । घरेलु मैदानमा पाहुना टोलीसँगको खेलमा यो उनीहरुको सबैभन्दा न्यून स्कोर थियो । दोस्रो पटक साउथ अफ्रिकाले ब्याटिङ गर्ने क्रममा विजयतर्फ लम्केपछि फेरी दर्शकले बितण्डा मच्चाएका थिए । दर्शकको वितण्डाले गर्दा फेरि २७ मिनेट खेल अवरुद्ध हुन पुगेको थियो ।

दर्शकले लगातार हुटिङ गर्दै ढुंगामुढा गरिरहँदा खेलाडीहरु मैदानभित्रै बसेर रमिता हेर्न वाध्य भए । सुरक्षाकर्मीहरु मैदान वरिपरी लाइन लागेर बसेपछि ढुंगामुढा रोकियो र खेल सुचारु भयो । तर त्यसको दुई ओभरपछि फेरि खेल रोकियो । २४ मिनेटसम्म खेल रोकिएपछि बल्लतल्ल प्रहरीले हुलदंगा गर्ने दर्शकलाई लखेट्यो । त्यसपछिको ४.१ ओभरमा दक्षिण अफ्रिकाले खेल जित्यो ।

Cuttack:  Water bottle at the ground which was thrown by crowd during T-20 match between India and  South Africa in Cuttack on Monday.PTI Photo by Swapan Mahapatra (PTI10_5_2015_000336b)भारतीय खेलाडीको एकदमै खराब प्रदर्शनमा दर्शकहरु यसरी आक्रोशित होलान भन्ने कसैले सोचेका थिएनन्, तर यो घटनाले भारतलाई पुरै दुनियाँले आफ्नो अँंखाले हेरेर भारतीय क्रिकेटको तस्वीर एक झट्कामै लज्जास्पद वाक्यमा बदलिएको भारतीय सञ्चार माध्यमको टिप्पणी छ ।