
काठमाडौं, १९ असोज । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले आगामी महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्र प्रसाद बडूले जानकारी दिनुभयो । महाधिवेशनको समय तालिका र मिति बुधबार बस्ने बैठकले तय गर्ने उहाँले बताउनुभयो ।
नयाँ संविधानमा पाँच वर्षमा गर्न नसके विशेष परिस्थितिमा छ महिना थप गर्न सकिने प्रावधानअनुसार छ महिनापछि महाधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ । पाँच वर्षसम्म महाधिवेशन गर्न नसकेको कांग्रेसले पटकपटक महाधिवेशनको मितिसार्दै आएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालगायतका कांग्रेसका वरिष्ठ नेताहरु सहभागी रहेको बैठकमा नयाँ सरकार गठन, मधेस आन्दोलन, भारतको अघोषित नाकाबन्दीलगायतका विषयमा छलफल भएको तर, कुनै ठोस निर्णय नभएको प्रवक्ता बडूले जानकारी दिनुभयो ।












प्रतिक्रिया