जाकार्ता (इन्डोनेसिया), १८ असोज । बेपत्ता इन्डोनेसियाली ट्वीनअटर डीएचसी¬–६ विमानको भग्नावशेष भेटिएको यहाँका उद्धार अधिकारीले सोमबार बताएका छन् ।
गएको शुक्रबार इन्डोनेसियाको दक्षिणमा अवस्थित सुलावेसी प्रान्तको मासम्बाबाट मकासारका लागि उडेको जहाज विमानस्थल छोडेको आठ मिनेटपछि सम्पर्क बाहिर गएको थियो ।
राष्ट्रिय खोजी तथा उद्धार कार्यालयका उपप्रमुख महासेनानी हेरोनियस गुरुले स्थानीयवासीको सहयोगमा विमानको भग्नावशेष सुलावेसीको एक जङगलमा भेटिएको बताउनुभयो ।
सेनाको उद्धार टोली विमान दुर्घटना भएको टापुमा पुगेको र आफ्नो काम सुरु गरिसकेको उहाँले बताउनुभयो ।
इन्डोनेसियाली अभियास्टार विमान सञ्चालक कम्पनीद्वारा उडान भरिएको उक्त विमान पाइलट, दुई चालक दलका सदस्य तथा सात जना यात्रु गरी जम्मा १० जनासहित माकासारका लागि छुटेको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया