३० आश्विन २०८३, शुक्रबार

नाइजेरियामा बोको हरामका लडाकू पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boko haramलागोस, १८ असोज । नाइजेरियाको मध्य भागमा नाइजेरियाली प्रहरीले ३४ जना संग्दिध बोको हरामका सदस्य पक्राउ गरेका छन् ।

नाइजेरियाली प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बोको हरामका ३४ जना सदस्यलाई पक्राउ गरी पुनस्र्थापना केन्द्र तथा हिरासदमा राखिएको छ ।

मध्य नाइजेरियाको ओबाजाना गाउँका विभिन्न इलाकाबाट संदिग्ध ३४ जना बोको हराम आतङ्ककारीका लडाकू पक्राउ परेका कोगी राज्यका प्रहरी निरीक्षक इमाजुएल ओजुक्वुले बताएका छन् ।

उनले लोकोजास्थित सञ्चारमाध्यमलाई दिएको जानकारीमा बोको हरामका सदस्यलाई स्थल सेना र प्रहरीले घेराहाली प्रक्राउ गरेको जनाएका छन् ।

प्रहरी गस्तीलाई आक्रमण गर्ने व्यक्तिहरुलाई लक्षित गरिएको प्रहरी कारबाहीमा बोको हरामका तीन सदस्यहरु मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस कारबाहीको क्रममा एक प्रहरीको पनि ज्यान गएको बताइएको छ । तर यस समाचारको स्वतन्त्र पुष्टि भने हुन नसकेको प्राप्त समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा