काबुल (अफगानिस्तान), १७ असोज । अफगानिस्तानको कुन्दुज सहरमा अवस्थित अफगान अस्पतालमा भएको अमेरिकासँग आवद्ध एक हवाई आक्रमणको पुरा रुपमा अनुसन्धान गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनु भएको छ ।
शनिबार भएको यस हवाई आक्रमणमा १९ व्यक्तिको ज्यान गएको थियो । यस आक्रमणलाई संयुक्त संयुक्त राष्ट्रसङ्घले युद्ध अपराधको संज्ञा दिएको छ ।
यस आक्रमणमा परी अस्पतालमा कार्यरत १२ कर्मचारी र सात बिरामीको मृत्यु भएको थियो । सो बिरामीहरुमा तीन जना बालबालिकासमेत रहेका बताइएको छ । त्यसैगरी यस आक्रमणमा परी अन्य ३७ जना घाइते भएका छन् ।
उत्तरी अफगानिस्तानमा पर्ने कुन्दुज सहरमा तालिवानी विद्रोहीले कब्जा लिएको एकदिन पछाडि सो आक्रमण भएको जनाइएको छ । नेटोसँग आवद्ध सेनाको पनि सहयोगमा अफगान सुरक्षा बलले सो सहर फिर्ता लिने दावी गरेका थिए ।
तर अफगानिस्तानका प्रतिरक्षामन्त्रालयले भने आतङ्ककारीको एक समूह अफगान अस्पताल भवनमा सुरक्षाबल र नागरिक लक्षित गर्दै आक्रमणको तयार अवस्थामा रहेका जानकारी दिएको छ । रासस/एएफपी
















प्रतिक्रिया