२९ आश्विन २०८३, बिहिबार

एमाले केन्द्रीय विभागबाट को-को छानिए प्रतिनिधि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, १० असार । नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनका लागि मंगलबार काठमाडौँ उपत्यका भूगोलका जिल्ला कमिटी, केन्द्रीय विभाग र विभिन्न भातृ संस्थाबाट प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ ।

भूगोलका कमिटीमा भएको निर्वाचनको परिणाम आइसकेको छैन भने सर्वसम्मतिका आधारमा चयन भएका केन्द्रीय विभागका प्रतिनिधिका नाम प्राप्त भएको छ । केन्द्रीय विभागबाट एक÷एक जनाका दरले प्रतिनिधि चयनको व्यवस्था गरिएको थियो ।

जसमा केन्द्रीय प्रचार विभागबाट सूर्य थापा, संसदीय विभागबाट रामनाथ ढकाल, विदेश विभागबाट डा.राजन भट्टराई, केन्द्रीय सम्पर्कबाट डा. भीष्म अधिकारी, कृषि तथा सहकारीबाट डा. प्रेम दंगाल, सङ्घीय मामिलाबाट शिवजी गुरुङ, सहकारीबाट परशुराम उपाध्याय, राज्य व्यवस्थाबाट उदय शर्मा, अध्ययन तथा अनुसन्धानबाट हस्त पण्डित, कानुनबाट वामदेव ज्ञवाली, शिक्षा तथा मानव स्रोतबाट चैतन्य शर्मा, संस्कृतिबाट बद्री कोइराला, आर्थिकबाट खेमराज पौडेल, स्कूलबाट ईश्वर रिजाल, अर्थ तथा योजनाबाट मीना ज्ञवाली, सामाजिक तथा समावेशीकरणबाट पूर्णशोभा चित्रकार सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै केन्द्रीय कार्यालयबाट कृष्ण नेपाल र शान्ति श्रेष्ठ चयन हुनुभएको प्रचार विभागका सचिव सूर्य थापाले जानकारी दिनुभयो । एमालेका २२ केन्द्रीय विभागमध्ये आज १५ विभागको चयन पूरा भएको छ ।

करिब एक हजार पाँच सय प्रतिनिधि चयन भएको बुझिएको छ । यही असार १९ गतेदेखि २५ गतेसम्म हुने महाधिवेशनमा एक हजार ९ सयभन्दा बढी प्रतिनिधि हुनेछन् । केन्द्रीय निकायका भने स्वतः प्रतिनिधि हुनेछन् ।

यस्तै उपत्यका पेसा विशेष जिल्ला कमिटीको निर्वाचनको मतगणना अहिले राष्ट्रिय सभागृहमा सुरु भएको छ । अनेरास्ववियुमा साँझ मात्रै निर्वाचन भएको छ । विद्यार्थी विशेष जिल्ला कमिटीबाट रामकुमारी झाँक्री र माधव ढुङ्गेल चयन हुनुभएको छ ।

आजै प्रेस चौतारी नेपालबाट राजेन्द्र अर्याल, दुर्गाप्रसाद शर्मा, प्रमोद दाहाल, माधव नेपाल र सइन्द्र राई चयन हुनुभएको छ ।

यस्तै अखिल नेपाल महिला संघ, किसान महासंघ, ट्रेड युनियन महासंघमा पनि प्रतिनिधि चयन भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा पनि सहमतिका आधारमा प्रतिनिधि चयन भएको छ ।