कोलम्बो, १६ असोज । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको ठूलो समर्थन रहेको बताउनुभएको छ ।
उहाँले श्रीलङ्काको वर्तमान सरकार विश्व समुदायको समर्थन लिन सफल भएको धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– हामी विश्वकै समर्थन लिन सफल भएका छौँ र विश्व समुदायले हामीलाई सघाउने पनि बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय साधारण सभामा सहभागी भएर फर्किएपछि उहाँको सो प्रतिक्रिया आएको हो । न्युयोर्कबाट फर्किएपछि उहाँले एक विज्ञप्ति प्रकाशन गरी सो धारणा राख्नुभएको बताइएको छ ।
उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ– हामीले संयुक्त राष्ट्रसंघीय साधारण सभामा सहभागिताका क्रममा विश्वका नेताहरु, महासचिव बान कि मुनलाई भेट्यौँ र त्यसबाट हामीले श्रीलङ्काका बारेमा कुराकानी पनि गर्न पायौँ ।
राष्ट्रपति सिरिसेनाले पहिलो पटक महासभामा सहभागिता जनाउनुभएको हो । उहाँ केही महिनामात्र पहिला श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । रासस/सिन्ह्वा
















प्रतिक्रिया