२९ आश्विन २०८३, बिहिबार

रक्सी पिउन प्रतिस्पर्धा गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Alchohal-drinks-3

कालीकोट, १० असार । कस्ले बढी मदिरा पिउन सक्छ भनी प्रतिस्पर्धा गरेर मदिरा पिउँदा कालीकोट रास्कोटका एक व्यक्ति आफ्नो ज्यान गुमाउन बाध्य भएका छन् ।

यसरी ज्यान गुमाउनेमा स्युना गाउँ विकास समिति– ५ निवासी २६ वर्षीय टङ्क शाही रहेका छन् । गएराति स्युनाको स्थानीय पसलमा दुई जनाबीच कसले बढी रक्सी पिउन सक्छ भनी प्रतिस्पर्धा चल्दा बिना पानी ६ वटा साेंफी खाएर घर गएका शाहीको राति नै ज्यान गएको बताइएको छ ।

स्थानीयवासी वषराज शाहीका अनुसार मृतक शाहीका दुई छोराछोरी छन् ।