म यति सक्षम हुँदाहुँदै परनिर्भर भएर मलाई असफल आमा बनायौ ।
मेरो अस्तित्व र अस्मिता आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।।
भोग अब यो सब कर्तुतको दोषी तिमीहरूनै हो ।
अब पनि आँखा खोलेनौ भने अब आउने पुस्ताले गद्दार भनेर चिन्ने भो ।।
बानी परिसकेका तिमीहरू अब दलाली बन्न छाड्नैपर्छ ।
सक्दैनौं भने देशको बाग्डोर सम्हाल्न छाडी देउ नयाँ पुस्तामा मलाई धेरै आश छ ।।
मिलेर जाउ आफ्नालाइ मिलाउ छिमेकीको त्यसै तालु सुक्छ ।
आँखा न तर छिमेकीलाई पनि भोलि अमेरिका छिमेकी हुन कहाँ आउछ ।।
कुरा मिलाउने र बिगार्नेमा प्रेस स्वतन्त्रता पाएकाहरुको पनि ठुलो हात छ ।
आमाको मेरुदण्ड भएर कसैको चम्चागिरी गरि मेरै छातिमाथी कुल्चिन कुन धर्मले दिन्छ ।।
जाग जुट उठ अँध्यारोलाई चिर अगाडि बढ्ने सहि समय आएको छ ।
नबुज्नेलाइ बुझाउ स्वाभिमान बन अनि मात्र इतिहासले तिमीहरूलाई सम्झने छ।। (कविता)













प्रतिक्रिया