१ कार्तिक २०८३, शनिबार

इजरायलबाट आमाको चिठी, ‘माफ गर छोरी, आउन पाइँन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Diya-Chapagain-Radhika

यतिखेर तिम्रो सम्झनाले मलाई अति नै सताइरहेको छ । चाँडबाँड जति नजिकिन्छन् उति यो मन बेहाल बेचैन हुन्छ । भर्खरै तीज पनि आयो, गयो । तिमीलाई मेरो हातले दर पकाएर नखुवाएको पनि १० वर्ष भएछ है । त्यो क्षण सम्झदा आँखाबाट आँशु वर्षन्छ तर के गर्नु छोरी ? यसरी प्रदेशिनु मेरो रहर होइन बाध्यता हो । तिम्रो मामुसँग बिदेशिनुको बिकल्प पनि थिएन । मेरो बिदेशिनुको बाध्यता जब तिमी बुझ्ने हुनेछौं अनि एक दिन सबै कुरा सबिस्तार बताउँनेछु ल । आशा छ तिमीलगायत गाउँघरका सबैले राम्रैसँग तीज मनायौं होला । मैले पनि यहाँ सबै नेपाली दिदीबहिनीहरूसँग भेला भएर मनाए । तीजमा मामा घर जान पाईन् भनेर दुखेसो गरेकी थियौ । यसपटक समय र परिस्थितिले यस्तै भयो । अर्को वर्ष मामुसँगै मामा घर गएर तीज मनाउँला नी हुँदैन र ?