इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लका अनुसार माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेहरूमा दोदोधरा गाविस वडा नं–७ कट्टीपुरका ६ वर्षीया ननिता न्यौपाने, दीपक प्याकुरेल, ७ वर्षीय सुशान्त सुनार, किरण सुनार, ९ वर्षीय मैंया भनिने सुमिता सुनार १० वर्षीय सीता प्याकुरेल रहेका छन् । मृतक सुमिता र सुशान्त दिदी भाइ हुन् । त्यस्तै सीता, दीपक, सुशान्त र समिता स्थानीय वालकन्या निम्न माध्यमिक विद्यालय कट्टीपुरका विद्यार्थी हुन् भने नमिता न्यौपाने सन राइज इग्लिश बोर्डिङ्ग स्कुल सडकपुर बोनियामा अध्ययनरत थिइन् । ढिस्कोमा पुरिएर सोही गाउँका ३० वर्षीया जमुना खतिवडा र ३५ वर्षीया रत्ना खतिवडाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज रिफर गरिएको छ । दशैंका लागि घर लिपपोत गर्ने माटो ल्याउन गएका उनीहरूको माटो झिक्दै गर्दा ढिस्कोमा पुरिएर ज्यान गएको हो ।
















प्रतिक्रिया