सोल । लमजुङ परिवार दक्षिण कोरियाको ११औं साधारणसभा गत सेप्टेम्बर २८ तारिखका दिन परिवारको भवन याङ्जु स्थित सेम्नेमा भव्य रूपमा सम्पन्न भएको छ ।
कोरियामा छरिएर रहेका सम्पुर्ण लमजुङवासी तथा लमजुङ परिवारमा आबद्ध दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेला गराई भएको उक्त सभाको सभापतित्व लमजुङ परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपप्रसाद गुरुङ र नेपाली सम्पर्क समितीका उपाध्यक्ष जितबहादुर गुरुङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाको स्थापना कालदेखि कोरियामा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै अघि बढीरहेको यस संस्थाले विभिन्न किसिमका आपतविपत, बिरामी, औद्योगिक दुर्घटनामा परेका व्यक्तिहरु, अनाथालय, बृदाश्रम एवं प्राकृतिक प्रकोप लगायत अन्य थुप्रै क्षेत्रमा यस संस्थाले सहयोग गर्दै आईरहेको जानकारी गराउदै संस्थाका सचिव मेघप्रसाद वाईवाले संस्थाको संगठनिका वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मुनिन्द्र गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कोरियामा रहेका विभिन्न संघसंस्था मध्ये एउटा नमुना संस्थाको रूपमा स्थापित हुन सफल यस संस्थालाई अझ माथी उठाउनको लागि अबको नेतृत्व युवा पुस्ताले लिनु पर्ने र भोलिका दिनहरूमा नेपाली सम्पर्क समितिले गर्नुपर्ने सहयोग सदैव रहिरहने कुरा व्यक्त गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी अन्नपूर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगर, सल्लाहकार भावना गुरुङ, विमन फर विमनका भुपु अध्यक्ष जुनु गुरुङ, संस्थाका भुपु अध्यक्ष दिलिप धिताल लगायत सबैले साधारण सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सभापतित्व गर्नु भएका संस्थाका अध्यक्ष रुपप्रसाद गुरुङले परिवारप्रति सबैले गर्नुभएको योगदानको उच्च कदर गर्दै आफ्नो वार्षिक समिक्षा प्रस्तुत गर्दै सो समितिको विघटन गरि बन्दसत्रको सुरुवात गरेका थिए । सो साधारण सभाले संस्थाका भुपुअध्यक्ष दिलिप धितालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरि धन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
लमजुङ परिवार दक्षिण कोरियाको ११ औं साधारण सभाबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नामावलीः
अध्यक्षः धन गुरुङ
वरिष्ठ उपाध्यक्षः बिल गुरुङ
उपाध्यक्षः छिरिङ शेर्पा
उपाध्यक्षः मेख दुरा
महासचिवः मेघप्रसाद वाईवा
सचीवः घनश्याम गुरुङ
सचीवः सुनिल घले
कोषाध्यक्षः ममता गुरुङ
सह कोषाध्यक्षः कमला गुरुङ
सदस्यहरुः रितु गुरुङ, विक्रम गुरुङ, राजन गुरुङ, हित गुरुङ ।
















प्रतिक्रिया