– राजु सन्तोषी थापा
दक्षिण कोरिया । नुवाकोट समाज दक्षिण कोरियाको प्रथम अधिवेशन यहि सेप्टेम्बर २७ तारिखका दिन सउलस्थित शुभेच्छा रेस्टरेन्टमा सम्पन्न सम्पन्न भएको छ ।
कोरियामा रहेका नुवाकोटेलीहरूसको ऊल्लेख्य उपस्थिति रहेको उक्त भेलाले गोकर्ण रिजालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति, ८ सदस्यीय सल्लाहाकार समिती र संरक्षकमा रन्जन कुवरलार्इ सर्वसम्मत चयन गरेको छ ।
यसैगरि वरिष्ठ उपाध्यक्ष सोम तामाङ, उपाध्यक्षमा सन्जय थापा, सन्जय तामाङ, आनन्द कोइराला, सचिव नबराज ढकाल, सह–सचिव जनक पन्डित, कोषाध्यक्ष रमेश भण्डारी सह– कोषाध्यक्ष तिलक मोक्तान, सदस्यहरूमा अच्युत कार्की, बुद्धि बबहादुर तामाङ, रमेश बोगटी, बशु न्यौपानेलार्इ सर्वसम्मत चयन गरेको छ ।
यस्तै बरिष्ठ सल्लाहकारहरूमा बजिर बुढाथोकी, राजाराम ढकाल, विवराज तामाङ, सगित थापा र सल्लाहकारहरूमा गोबिन्द प्रसाद पान्डे, श्रीराम श्रेष्ठ, माधव फुयाल, युबराज केसी चयन भएका छन ।
समाजका अध्यक्ष रिजालले उक्त भेलामा सँस्थाको १ बर्षको कामको मुल्यांकन गर्नुका साथै आगामी दिनमा के कसरी अगाडि बढेर कोरियामा रहेका समस्या, दुःख आपतमा परेकाहरुको लागि सक्दो सहयोग गर्ने तथा अन्य रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै जाने भन्ने विषयमा छलफल भएको जनाउनु भएको छ ।
















प्रतिक्रिया