१ कार्तिक २०८३, शनिबार

बैतडीको खोटो संकलन केन्द्रमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– लक्ष्मी विजले
बैतडी, १५ असोज । बैतडीको दुर्गम तल्लो स्वराड क्षेत्रमा पर्ने मेलौली गाविस १ काडा बजार नजिकै रहेको खोटो संकलन केन्द्रमा आगो लागेको छ ।

हिमालय कम्पनी रोजनीले भारी मात्रामा संकलन गरेर राखेको खोटोमा आगलागी भएको हो । मेलौली गाविस वडा नं. १ मेलौली भगवति मन्दिर नजिक द्वारिका स्मृति भवन साईडमा राखिएको साढे तीनय सय टिन खोटोमा आगलागी भएको हो । आगो नियन्त्रण गर्न नसक्दा छेउमा रहेको द्वारिकादेवी ठगुरानीको स्मृति भवन समेत जलेको छ ।

आगो नियन्त्रण बाहिर जादा भवन जलेको स्थानीयले बताएका छन् । मेलौली प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयहरु आगो नियन्त्रणका लागि प्रयासरत रहेको भएपनि अंझै आगो नियन्त्रणमा आएको छैन । आज दिउंसो साढे तीन वजेतिर वालवालिकाहरुले खेल्ने क्रममा आगो सल्किन गएको मेलौली प्रहरी चौकीका सई कर्ण रावलले वताउनुभयो ।

आगो नियन्त्रण का लागि दशरथचन्द नगरपालिकाको दमकल गएको छ । अहिले केहिवेर अघि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र डिएसपी मोहन पोखरेल समेत घटनास्थल पुग्नुभएको प्रहरी सहायक निरीक्षक राम नाथले वताउनुभयो ।