१ कार्तिक २०८३, शनिबार

काग्रेसको नियतमाथि शंका : नेता आलेमगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल विष्ट
दिपायल, १५ असोज । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य तथा सभासद प्रेमबहादुर आलेमगरले नेपाली कांग्रेसले संबिधान बनेको भोलिपल्ट राजीनामा दिने बताएपनि राजीनामा नदिएकाले उस्को नियत माथि शंका लाग्न थालेको आरोप लगाएका छन् ।

देशमा संबिधान बनेपछि पहिलो पटक आफनो निर्बाचन क्षेत्रका जनतासंग भेटघाटका लागि डोटी पुग्नु भएका संसद आलेमगरले एमालेद्धारा डोटीको कपल्लेकी गाबिसमा शुक्रबार आयोजना गरिएको आमसभामा सो आरोप लगाएका हुन् । सो आम सभाका प्रमुख अतिथी समेत रहेका संसद आलेमगरले भारतले अघोषित रुपमा नाकाबन्दी गर्दा समेत कांग्रेस ठूलो दल भएरपनि नबोलेको र संयुक्त राष्ट्र संघको महासभामा नेपालबाट सहभागी भएका कांग्रेस नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले त्यहाँ भारतको स्वागत गर्नुले पनि उहाँहरुको नियत प्रष्टै भएको बताए ।

doti
फाइल तस्वीर

उनले भने– ‘भारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ तर हाम्रा प्रधानमन्त्री सुशील कोईराला भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको बिरोध नगर भन्दै उल्टै जनता हप्काउदैछन् के यो जायज कुरो हो र ।’ नेता आलेमगरले यदि कांग्रेसको सहि मनसाय हो भने उस्ले चाडै नै राजीनामा दिएर निकासको बाटो खोल्नुपर्छ अनिमात्र उस्को सहि चरित्र रहेछ भनेर बिश्वास गर्न सकिन्छ भने । संसद आलेमगरले आर्थिक अवस्था कमजोर भएका कारण बिगत चार बर्ष देखी घरैको बेडमा थलापरेका कपल्लेकी ४ का ३२ बर्षिय फोक्सोका बिरामी मानबहादुर ऐर लाई उपचारका लागि आर्थिक सहयोग समेत गरेका छन् ।

नेता आलेमगरले स्थानिय नेता धनबहादुर शाही र नेत्र शाहीको अनुरोधमा कपल्लेकी गाबिसको बिसल्लागड सिचाई योजनामा आफ्नो पहलमा सिचाई आयोजनाका लागि यस बर्ष १६ लाख बजेट बिनियोजन गराएको दाबी समेत गरेका छन् । उक्त आमसभामा पूर्ब नगर उपप्रमुख प्रेमबहादुर शाह, डोटी काडमाडौ सम्पर्क मञ्चका अध्यक्ष टेक बम, एमाले क्षेत्र न २ का क्षेत्रीय अध्यक्ष हस्त बुढा लगायत सयौ स्थानियबासीको उपस्थिती रहेको थियो ।