२८ आश्विन २०८३, बुधबार

म्याग्देलीले मनाए युकेमा शुभकामना साँझ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mona-UK-Myagdi-Nepali-UK

बेलायत । नेपाली नयाँ वर्ष २०७१ को अवसरपारी म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना युके)ले शुभकामना साँझ भव्य रुपमा मनाएको छ ।

फार्नबरोस्थित स्यामुयल कोडी स्पोर्ट्स क्लवमा शनिबारसांझ सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट म्याग्देलीहरु सहभागी भएका थिए । मोना आजीवन सदस्यता वितरण तथा राहात कोष स्थापनाको मुल उद्देश्यका साथ शुभकामना साँझ आयोजना गरिएको थियो ।

मोना युकेका अध्यक्ष उमेश रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम बेलायतका लागि नेपाली कार्यबहाक राजदुत तेज बहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्री, मोना बेल्जियका अध्यक्ष घनश्याम शाही र अध्यक्ष उमेश रानाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै अध्यक्ष रानाले म्याग्देलीहरुलाई आवश्यक परेको बेलामा सहयोग पु¥याउन राहातकोष स्थापना गरिएको बताए । म्याग्देलीहरुको मन ठूलो छ, मोना युकेले गरेका आफ्नो गाउं आफैं बनाऊं, हाम्रो म्याग्दी हाम्रो गौरब जस्ता पवित्र कामहरु म्याग्दीवासीहरुको सहयोगमा सफल भइसकेको उनको भनाइ थियो ।

राहात कोष पनि सफल हुने बताउँदै म्याग्दीवासीहरुलाई मनले सहयोग गर्न उनले आग्रह गरेका थिए । कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेप्रति उनले आभार प्रकट गरे । सामाजिक संस्था भएकोले यसलाई च्यारिटीमा दर्ता गराउन आफूले सक्दो पहल गर्ने उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै कार्यबहाक राजदुत तेजबहादुर क्षेत्रीले मोना युकेले आफ्नो जिल्लामा स्मरणीय कार्यक्रमहरु गरेकोमा प्रशंसा गरेका थिए । मोना युकेले जस्तै अन्य जिल्लाहरुले पनि राम्रो काम गरे भने देशको सम्बृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो ।

त्यस्तै गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले मोना युके पवित्र भावनाले भरिएका म्याग्देलीहरुको साझा संस्था भएको बताए । मोना युकेले अघि सारेका आजीवन सदस्य र राहातकोष स्थापना कार्य सफल हुने उनले विश्वास लिए ।

mona-UK-Myagdi-Nepali-UK1

मोना नयाँ बर्ष शुभकामना कार्यक्रममा सहभागी मोना बेल्जियमका अध्यक्ष घनश्याम शाही, मोना बेल्जियमका संस्थापक एवं एनआरएन बेल्जियमका आइसीसी सदस्य शिव कुमार बरुवाल लगायतले पनि शुभकामना मन्तव्य दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै संयोजक एवं उपाध्यक्ष कमल पुर्जाले म्याग्देलीहरुको पहिचान नै एक अर्कालाई सहयोग पु¥याउनु रहेको बताए । मोना राहत कोषमा पनि म्याग्देलीहरुले दिल खोलेर सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै पुर्जाले कार्यक्रम सफल पार्न सहयोग पु¥याउनेप्रति आभार प्रकट गरेका थिए ।

त्यस्तै अर्का उपाध्यक्ष शान्ता गौचनले राहात कोष र आजीवन सदस्यताबारे जानकारी गराए ।

मोना युके सचिव खिम शेरचनले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए । कोषाध्यक्ष किसन जीसीले आजीवन सदस्य तथा राहातकोषमा बृद्धि भएको जानकारी दिएका थिए ।

सो अवसरमा राहातकोष स्थापनार्थ सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरु, नयाँ आजीवन सदस्यहरु, उच्च शिक्षा हासिल गरेका म्याग्देली विद्यार्थी र कलाकारहरुलाई सम्मान गरिएको थियो । त्यस्तै मोना युकेबाट अन्य सामाजिक संघसंस्थाका प्रतिनिधित्व गर्ने एनआरएनए युकेका अध्यक्ष योगेन क्षेत्री, राष्ट्रिय संयोजक एवं मोना युकेका पुर्व अध्यक्ष योग कुमार फगामी, लगायतलाई खादा लगाई विशेष सम्मान गरिएको थियो । सोही कार्यक्रममा गितकार मिरा पिजीलाई पनि सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रमपछि सम्पन्न सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका चर्चित लोक गायक बद्री पंगेनी, गायीका कल्पना श्रीपाल, विलन थापा लगायतले सहभागीहरुलाई मनोरञ्जन दिए । त्यस्तै स्थानीय सयपत्री ग्रुपका कलाकार र समाजका युवायुवतीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अर्को आकर्षण धौलागिरी नौमती वाजाले सहभागीहरुलाई छमछमी नचाएको थियो । सांस्कृतिक विभाग सदस्य बिल पुर्जाको संयोजनमा पुख्र्यौली समूहले सोरठी नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा बाग्लुङ समाज युके, ताप्लेजुङ समाज युके, भोजपुर समाज युके, मगर संघ युके, गुल्मी समाज युके, थकाली समाज युके, बुद्धिष्ट कम्युनिटी सेण्टर युके, हाम्सायर काउण्टी काउन्सिल लगायत संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

mona-UK-Myagdi-Nepali-UK2