काठमाडौं, १५ असोज । व्यवस्थापिका-संसद्को अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।
नयाँ संविधान जारी भएपछि शुक्रबारबाट संसद अधिवेशन सुरु हुन लागेको हो । व्यवस्थापिका-संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेबाट संसदको पहिलो बैठक सुरु हुँदैछ ।
व्यवस्थापिका-संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्ने कार्यक्रम रहेको बताए ।
साथै नयाँ सरकार गठन र प्रधानमन्त्रीको राजीनामाका विषयमा समेत छलफल हुने छ । नेपालको संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्नुपर्ने व्यवस्था छ ।
संविधानको धारा २९८ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिने छ । त्यसो हुन नसकेमा संसद्मा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचत हुने प्रावधान छ ।
















प्रतिक्रिया