३० आश्विन २०८३, शुक्रबार

एनआरएन सबै वर्गका प्रवासी नेपालीहरुको साझा सस्था हो: आईसीसी कोषाध्यक्षका प्रत्यासी हिक्मत थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hikmat 2
– विजय थापा
वाशिंगटन डिसी l एनआरएनए अन्तराष्ट्रिय कार्य समितिको लागि अफ्रिकाका क्षेत्रीय संयोजक तथा आगामी २०१५/२०१७ को लागि कोषाध्यक्ष पदका प्रत्यासी हिक्मत थापा उम्मेदवारी घोषणा गरे संगै उनको चर्चा यत्र तत्र सर्बत्र फैलिदै गएको तथा बाताबरण अनुकुल बन्दै गएको देखिएको छ l
 
सबै भन्दा ज्यादा सामाजिक संजाल तथा संचार माध्यममा थापा छाएका छन् l उनले अफ्रिकी मुलुक नाईजेरियाबाट अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज डटकम संग कुरा गर्दै थापाले भने आफु निरन्तर सम्पर्कमा रहेको र एनआरएनए अभियानलाई तार्किक बिन्दुमा पुर्याउन आफुले कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् l
 
नेपाल छोडी सात समुन्द्र पार गै अफिकाको एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष थापा यस अघि दुई कार्यकाल अफ्रिकाको क्षेत्रीय संयोजक रहि सकेका छन् ।अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा आफुले अहम भूमिका खेलेको र यो योगदानको क्रम जारि रहने बताए l
 
सन् २००७ देखि एनआरएनए अभियानमा  थापा सक्रिय रहेका छन् l बिषेशतः अफ्रिकी मुलुकहरुमा दुःख पाएका नेपालीहरुको उद्धार कार्य र अफ्रिकाबाट नेपालमा कल्याणकारी र मानवीय सहयोग संयोजन गरी पठाउनमा आफुले महत्वपूर्ण योगदान गरेको जानकारी गराए l
 
प्रतिस्प्रद्धा कडा हुने अवस्थाले बिजयी हुने कुरामा कतिको आशाबादी हुनु हुन्छ भने जिज्ञासामा उनले एनआरएनए अभियानमा मेरो लामो सक्रिय संलग्नता र दुई  कार्यकाल अफ्रीका क्षेत्रको संयोजक भै अन्तर्राष्ट्रिय समितीमा कार्य गरि सके पछि, साथीभाईहरुको सल्लाह, आग्रह र पुरै अफ्रीका महादेशका एनआरएनको पदाधीकारीमा पहिलो चोटी र एकल उम्मेदवारको रुपमा आफ्नो उम्मेदवार घोषणा गरेको बताए l
 
आफ्नो उम्मेदवारीलाई संसारका ७१ वटै देशबाट प्रतिनिधित्व गर्ने एनआरएन साथीहरुले बिश्वास गर्नेछन भन्ने लागेकोले नै आफुले धेरै साथीहरुको सल्लाहले उम्मेदवारी दिएको स्पस्ट पारेका छन् l
 
एनआरएनएमा यी अबधि गरेका कार्यहरु, नेतृत्व गर्न सक्ने क्षमता र मातृभूमिलाई गरेको र गर्न सक्ने योगदान साथै एनआरएनए लाई अझै आर्थिक रुपमा सस्थागत रुपमै बलियो बनाउन सक्ने आफ्नो व्यवस्थापकीय अनुभवले सबै साथीभाई हरुले बिश्वास गर्नेछन् l आफु बिजयी हुने छु भन्नेमा सत प्रतिशत बिश्वस्त रहेको बताए l
 
तपाईलाई किन कोषाध्यक्ष पदमा नै मत दिने भन्ने जिज्ञासामा उनि भन्छन एक त आफ्नो एनआरएनएको अनुभव | बिगतका बर्षहरुमा सयुक्त लगानी, नेपालका कल्यानकारी योजनाहरु, बाढी, भूकम्प लगाएत अप्ठ्यारामा अर्थ संकलन र ब्यबस्थापन गरेको अनुभव, मेरो अन्तर्राष्ट्रिय ब्यापारिक कम्पनि संचालनको व्यवस्था पकीय अनुभव, आफुले स्वदेशमा संयोजन गरि रहेको ठुलो बैदेशिक लगानीको परिप्रेक्ष्यले एनआरएन भित्र र स्वदेशकै आर्थिक समृद्धि, नीति नियममा पनि केहि भूमिका खेल्न सक्छु भन्ने लागेकोले यो पद मेरो लागि उपयुक्त भएकोले यो पदमा प्रत्यासी बनेको थापाले विचार राखे l
   
थापाले अझ अगाडी भने त्यसै गरि संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर, पारदर्शी र गतिशील आय र खर्च व्यवस्थापन कोष संकलनका बिबिध संयन्त्र र उपाय कार्यन्वयन गर्न सक्छु भन्ने बिश्वासका साथै सस्थाको आय आर्जनका बैकल्पिक उपायहरु खोजि आर्थिक कारणले सस्थामा समेटिन नसकेको ठुलो संख्याका एनआरएनहरुलाई समेटने तर्फ पहल गर्न सक्छु भन्ने लागेर नै कोषाध्यक्षका पदमा उम्मेदवारी दिएको बताए l
 
hikmat thapaनिर्वाचनको मुखमा संस्थाको हितको निम्ति कोषाध्यक्ष पद त्याग गर्ने अवस्था आएमा के गर्नु हुन्छ भन्ने जिज्ञासामा थापा भन्छन सम्भवत आफुले निकै अगाडी लामो दुरी सम्म पुगेकोले आफ्नो हकमा त्यो अबस्था नै आउदैन भन्ने कुरामा बिस्वस्त रहेको जवाफ दिए l
 
एनआरएन पवित्र गैर मुनाफा सामाजिक संस्था भएता पनि राजनीतिबाट टाडा हुन्छु भन्दा पनि प्रतक्ष्य या परोक्ष रुपमा उम्मेदवार पनि राजनीतिको रंगमा मुसीन्छन भन्ने आरोप लाग्दछ l यस बिषयमा कस्तो धारणा राख्नु हुन्छ भन्ने सवालमा थापा भन्छन मेरो मान्यता एनआरएनए भित्र राजनीतिले प्राथमिकता पाउनु हुन्न | यो सबै विचार र बर्गका प्रबाशी नेपालीहरुको साझा सस्था हो थापाले भने l
 
जिते पछि सर्बप्रथम के काम गर्नु पर्ला भन्ने लागेको छ भन्ने जिज्ञासामा उनि भन्छन सस्थालाई आर्थिक रुपमा आत्मनिर्भर र बलियो बनाउन लाग्ने छु | सबै प्रवासी नेपालीहरुको संस्थामा आर्थिक रुपमा सजिलो पहुच बनाउन कोशिश गर्नेछु | स्वदेशमा एनआरएनहरु र बैदेशिक लगानीकर्ताकोलागि सहजकर्ता सस्थाको  रुपमा एनआरएनए लाई अगाढी बढाउन कोशिस गर्ने प्रतिबद्धता जाहेर गरे l
 
अन्त्यमा चुनावमा जित या हार हुने हुन्छ, यदि पराजय हुनु भयो भने कस्तो प्रतिक्रिया जनाउनु होला भन्ने सवालमा उनि भन्छन एनआरएनएको सक्रिय कार्यकर्ताको रुपमा आज जस्तै क्रियाशील रहि रहने प्रतिबद्ध जनाए l
hikmat 1  hikmat 3