१ कार्तिक २०८३, शनिबार

नेपालगन्ज नाकाबाट दश टयाङ्कर तेल भित्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tranker-oil

नेपालगन्ज, १४ असोज । बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाट आज १० ट्याङ्कर डिजेल नेपालगन्ज भित्रिएको छ ।

यहाँस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयका अनुसार बुधबार सोही नाका भएर ५२ हजार लिटर पेट्रोल यहाँ भित्रिएको थियो ।

निगमका क्षेत्रीय प्रमुख श्रीचन्द्र श्रेष्ठले नेपालगन्ज भित्रिएका डिजल र पेट्रोल सबै जिल्लाको आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ ।

यसैगरी नेपालगन्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालका अनुसार सोही नाका हुँदै आज फलपूmल, तरकारी, फलाम र क्लिङ्करका आठ ट्रक नेपाल भित्रिएका छन् । रासस