काठमाडौं, १४ असोज । भ्रष्टाचार अभियोगमा अखितयारले हटाउन भनिएकी उर्जामन्त्री राधा ज्ञवालीलाई प्रधानमन्त्री सुशील कोइरालाले बर्खास्त गर्नुभएको छ ।
सोलु करिडोर प्रसारण लाइन निर्माणमा अनियमितता गरेको भन्दै ज्ञवालीलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थियो । स्रोतका अनुसार कोइरालाले मन्त्री ज्ञवालीलाइ बर्खास्त गर्नुभएको हो ।
कोइरालाले उहाँलाई राजीनामा गर्न आग्रह गर्नुभएको थियो । एमालेबाट मन्त्री बन्नुभएकी ज्ञवालीलाई राजीनामा गराइदिन कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई पनि आग्रह गर्नुभएको थियो ।
ज्ञवाली र खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पनि अख्यिारले हटाउन सिफारिस गरेको थियो । पौडेलले आजै राजीनामा गरिसक्नुभएको छ ।















प्रतिक्रिया