३० आश्विन २०८३, शुक्रबार

अमेरिकी सेनाको सहयोगमा अन्ततः कुन्दुज सहर फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kunduz-city-in-afghanistans

कुन्दुज (अफगानिस्तान), १४ असोज । अमेरिकी सेनाको सहयोगमा अफगान सुरक्षाबलले अन्ततः अफगानिस्तानको कुन्दुज सहर आफ्नो नियन्त्रणमा फिर्ता लिएको समाचार छ ।

अफगान सेनाको एक समूहले मङ्गलबार अफगानिस्तानको कुन्दुज सहरमा तालिवान आतङ्ककारीविरुद्ध भीषण कारबाही सुरु गरेको थियो ।

तीन दिनको निरन्तर प्रयासपछि बिहीबार सो सहर आफ्नो कब्जामा लिन सफल भएको जानकारी अफगानिस्तान सरकारले दिएको प्राप्त समाचारमा जनाइएको छ ।

मङ्गलबार बिहानैदेखि सो सहर तालिवानको कब्जामा रहेको थियो । यस कारण पनि अफगानिस्तानको सेनालाई ठूलो चुनौती बन्न पुगेको थियो ।

अफगानिस्तानका तालिवान आतङ्ककारी समूहले उत्तरपूर्वीे सहर कुन्दुजको केही इलाका आफ्नो नियन्त्रणमा लिएपछि मङ्गलबार साँझ नै उनीहरुले सहरमा कब्जा जमाएको थिए । त्यस लगत्तै अफगान सुरक्षा बलले पनि कारबाही सुरु गरेको हो ।

तालिवानको नियन्त्रणमा रहेका ती इलाकाहरू फर्काउनका लागि स्थल कारबाही अफगान सुरक्षाबलले र अमेरिकी सैनिकले पनि हवाई कारबाही गरेको बताइएको छ ।

अफगान सुरक्षाबलले विमानस्थल बाहिरका इलाकाहरु बुधबार नै तालिवानबाट पुनः नियन्त्रणमा लिएका थिए । पछिमात्र हवाई कारबाही थालेर सो सहर फर्काइएको हो ।

गत सोमबार तालिवानी लडाकुहरूले सुरुमा कुन्दुजका केही सरकारी भवन तथा कारागारलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

उनीहरूले सहरको मध्य भूभागमा आफ्नो झन्डा गाडी सहर कब्जामा लिएको दाबी गरेका थिए । तर त्यसपछि नै नेटोद्वारा तालिमप्राप्त अफगान सेनाले सो सहरलाई कब्जाबाट फिर्ता गर्ने प्रयास थालेको हो ।

तालिवानले नेटोले ती सहर कब्जा गरेपछि अफगान सेनालाई सघाएको थियो । यस कार्यले नेटो सेनाका लागि पनि समस्या उत्पन्न गरेको बताइएको थियो ।

सुरक्षाबल कु्न्दुज सहरमा पुगेर भीषण कारबाही सुुरु भइसकपछि दुई दिनमै सेनाले उक्त सहरलाई नियन्त्रणमा लिएको हो– गृह मन्त्रालयका प्रवक्ता सेदिक सेद्दिकीले एएफपी समाचार समितिलाई बताएका छन् ।

गत जनवरीबाट नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गरेपछि अफगानिस्तानमा सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमा नै आएको छ ।

करिब १२ हजारको सङ्ख्यामा अफगानिस्तानमा अझै पनि अमेरिकी सैनिक रहेका छन् र उनीहरुले अफगान सैनिकलाई तालिमलगायत युद्धका लागि सरसल्लाह दिने गरेका छन् । रासस÷एएफपी