एजेन्सी । बेलायतमा विगत दुई वर्षयता विद्युतीय चुरोट (इ–सिगरेट) को प्रयोग गर्नेहरूको संख्या बढेर तेब्बर भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको संस्था एक्सन अन स्मोकिङ एण्ड हेल्थ (ऐश) का अनुसार विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या २१ लाख पुगेको छ ।
धूमपान गर्ने या धूमपान छोडिसकेकामध्ये आधाभन्दा बढीले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको संस्थाको दाबी छ । एक अध्ययनअनुसार धूमपानको बानीलाई कम गर्न मानिसहरुले यसको सहारा लिने गरेको पाइएको छ । यस्तै, कहिल्यै पनि धूमपान नगर्ने तर विद्युतीय चुरोट सेवन गर्नेको संख्या १ प्रतिशतमात्र छ ।
विद्युतीय चुरोट अर्थात् इ–सिगरेट प्रयोग गर्नेमध्ये ७ लाखले धूमपान छाडिसकेको तथ्यांक छ भने करीब १३ लाख मानिसहरू चुरोट, सूर्तिका साथ इ–सिग्रेट पनि प्रयोग गर्ने गर्छन् । अध्ययन टोलीका प्रमुख प्रा. रबर्ट वेष्ट भन्छन्, ‘मानिसले पुनः धूमपान गर्ने खतरा हुँँदैंन भन्ने दाबी इ–सिगरेटको हुन्छ, तर, यो दाबीको प्रमाणका लागि कुनै साक्षी पनि छैन ।’ उनका अनुसार इ–सिगरेट धूमपान छाड्नका लागि निकै लाभदायी हुन सक्छ, किनभने ठुलो संख्यामा मानिसहरु यसको प्रयोग धूमपान छाड्न गरिरहेका छन् ।
इ–सिगरेट अहिले प्रारम्भिक अवस्थामा रहेकाले धूमपान छाड्नेको संख्यामा कमी नआएको र यो प्रविधिमा अझै धेरै सुधारको आवश्यकता रहेको अनुसन्धानकर्ताको भनाई छ।














प्रतिक्रिया