३० आश्विन २०८३, शुक्रबार

संयुक्त राष्ट्रसंघका महासचिवले भने- हिंसा अन्त्य गर्न सबै मिलेर जानुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wan-ki-moonसंयुक्त राष्ट्रसंघ, १३ असोज । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले विश्वमा प्रतिदिन बढ्दै गएको हिंसाको अन्त्यका लागि एकीकृत प्रयासको खाँचो औँल्याउनुभएको छ ।

उहाँले विश्वका सबै देशलाई हिंसा अन्त्यका क्षेत्रमा कामगर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । मङ्गलबार संयुक्त राष्ट्रसंघमा सहभागी नेताहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– एक्ला सरकारहरुले यो हिंसाको अन्त्य सम्भव छैन, त्यसैले सबैले एकीकृत रुपमा काम गर्नुपर्छ ।

हिंसात्मक अतिवादका रुपमा पछिल्ला समयमा देखिएका चुनौतीको सामनाका क्षेत्रमा विश्वका कैयौँ देशको सामुहिक प्रयास जरुरी रहेको भन्दै उहाँले पछिल्लो समयमा विश्वमा हिंसात्मक अतिवाद बढ्दै गिएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समयमा बाको हराम, आइएस तथा दाएसजस्ता अतिवादी समूहहरुले विश्वलाई नै चुनौती दिइरहेका र उनीहरु विश्वका कैयौँ देशमा फैलिँदै गएका पनि बताउनुभयो ।

ती अतिवादीहरुले बडो दयाहिन रुपमा बालिका तथा महिलालाई तारो बनाइरहेका मात्र नभई विश्वव्यापी रुपमा मानवअधिकार, शान्ति र न्यायलाई नै धम्की दिइरहेका पनि बताउनुभयो ।

उहाँले यसवर्षको अवस्था हेर्दा यसअघिको तुलनामा आतङ्कवादी करिब ७० प्रतिशतले बढेको देखिन्छ र यो विश्वका झण्डै १०० देशमा पुगिसेको छ– उहाँले भन्नुभयो ।

महासचिव बानले भन्नुभयो– यसको एकमात्र विकल्प भनेको एकीकृत रुपमा लड्नु नै हो र यसका कारण मात्र उनीहरुका विरुद्धमा जनमत सिर्जना गर्न सकिन्छ ।

हामीले समाजको सबै क्षेत्रलाई सम्लग्न गराउनुपर्छ र आतङ्कवादका विरुद्धमा समाजका सबै क्षेत्रलाई यसले हिंसाको चेपमा पारेको छ– उहाँले बताउनुभयो । पछिल्लो समयमा आइएस र बोको हरामका कारण अफ्रिका तथा मध्यपूर्वी देशमा ठूलो आतङ्क मच्चिएको छ ।

यी आतङ्कवादी संगठनका कारण दिनहूँ नागरिकको ज्यान जाने गरेको छ । विश्वका कतिपय राष्ट्रले यसका विरुद्धमा संयुक्त सैनिक स्थापना गरी कारबाही गर्ने गरेको छ ।

तर सो कारबाहीबाट पनि ती संगठनको प्रभाव नघटेको बताइन्छ । उता अफगानिस्तान र पाकिस्तानमा तालिवनद्वारा जारी हिंसा पनि कायमै छ ।

गत वर्षको अन्त्यमा नेटो सैनिकले अफगान युद्धको अन्त्यगरी स्वदेश फर्किएको भएपनि अफगानिस्तानमा हिंसा रोकिएको छैन । रासस/सिन्ह्वा