३० आश्विन २०८३, शुक्रबार

रसियाली राष्ट्रपति पुटिनलाई सिरियामा सेना पठाउने अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

putin

मस्को, १३ असोज । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरियामा सेना पठाउने अनुमति प्राप्त भएको छ ।

रसियाली संसद्को माथिल्लो सभाले राष्ट्रपति पुटिनलाई सिरियामा सेना पठाउने अनुमति दिएको बताइएको छ ।

रसियाली राष्ट्रपति कार्यालयका प्रशासकीय प्रमुख अधिकारी सेर्गेई इभानोभले बुधबार संसद्को सो निर्णयका बारेमा जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।

रसियाली तास समाचार समितिले दिएको जानकारीअनुसार रसियाली संसद्को माथिल्लो सभा फेडरेसन काउन्सिलले राष्ट्रपति पुटिनले सिरियामा सेना पठाउनका लागि संसद्मा गरेको प्रस्ताव पारित गरेको हो ।

यसअघि सिरियामा सेना पठाउनका लागि राष्ट्रपति पुटिनले सो अनुमति माग्नुभएको थियो । सोही बमोजिम संसद्ले अनुमति दिएको हो ।

सिरियामा आइएसका विरुद्धको कारबाहीका लागि विश्वका कैयौँ देशका सेना पुगेका छन् । सो कारबाहीमा रसियाले पनि आफ्नो सेना पठाउने तयारी गरेको हो । रासस/सिन्ह्वा