२८ आश्विन २०८३, बुधबार

इराकमा रहेका नेपालीको सूचना दिन सरकारको टोल फ्री नम्बर, इराकबाट फर्कन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौँ, ९ असार । इराकमा विकसित घटनाक्रम तथा त्यसले इराकमा रहेका नेपालीलाई पारेको प्रभावका विषयमा परराष्ट्र मन्त्रालयले अनुमगनका साथै उद्धारका लागि सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरिरहेको जनाएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी त्यहाँ रहेको नेपालीलाई उद्धार र पुनःस्थापना गर्नुपर्ने अवस्था आएमा लिनुपर्ने कदमका सम्बन्धमा पनि निरन्तर गृहकार्य भइरहेको जनाएको छ ।

यसै सिलसिलामा सोबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा मन्त्रालयका उच्च अधिकृतको बैठक बसी हालसम्मको स्थितिको समीक्षा गर्दै आगामी कदमका साथै उद्धारलाई अझै प्रभावकारीरुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

हाल इराकको सुरक्षा अवस्थामा कुनै सुधार नआएको तथा अस्थिरताको चपेटामा इराकका थप भूभाग पर्न सक्ने सम्भावना देखिएको हुँदा मन्त्रालयले इराकमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन तथा छिटो छरितो माध्यमबाट इराक छोडी स्वदेश फर्कन अनुरोध गरेको छ ।

त्यस्तै मन्त्रालयले इराकभित्र रहेका नेपालीका विषयमा कुनै पनि प्रकारको सूचना मन्त्रालयको इमेल  [email protected] अथवा टोल फ्रि नम्बर १६६०–०१–००१८६ मा जानकारी उपलब्ध गराउन सर्वसाधारण नेपालीलाई अनुरोध गरेको छ ।