३० आश्विन २०८३, शुक्रबार

च्याम्पियन्स लिगमा बार्सिलोनाको पहिलो जित, स्वरेजको उत्कृष्ठ गोल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barcelona's Luis Suarez celebrates after scoring the second goal of his team during a Champions League Group E soccer match between Barcelona and Bayer Leverkusen at Camp Nou stadium in Barcelona, Spain, Tuesday, Sept. 29, 2015. Barcelona won 2-1. (AP Photo/Emilio Morenatti)

काठमाडौं, १३ असोज । स्ट्राइकर लुइस स्वरेजले खेलको अन्तिम समयमा प्रहार गरेको गोलको मद्दतमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

मंगलबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बार्यन लिभरकुसनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा रोमासँग बराबरीमा रोकिएको थियो ।

खेलमा बार्यन लिभरकुसनले २२ औं मिनेटमा अग्रता लिएको थियो । तर, ८० औं मिनेटमा बार्सिलोनाका सार्गी रोबर्टोेले बराबरी गोल फर्काए । त्यसको दुई मिनेटभित्रै लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

यो खेलमा लिओनल मेस्सी सहभागी थिएनन् । उनी सात/आठ खेलमा मैदान बाहिर रहने जनाइएको छ ।