३० आश्विन २०८३, शुक्रबार

भारतलाई ध्वस्त पार्न मुम्बई एयरपोर्टमा बम राखिएको आंशका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mumbai-airportनयाँ दिल्ली, १२ असोज । नेपालमा अघोषित नाकाबन्दी गरिरहेको भारतलाई ध्वस्त पार्न मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको सूचना अधिकारीहरुले पाएका छन् ।

सूचना पाएपछि मुम्बई विमानस्थलमा बम राखिएको आशङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार राति मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको धम्कीपूर्ण टेलिफोन आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अज्ञात व्यक्तिले टेलिफोन गरी मुम्बई विमानस्थल र ताज होटेलमा पाँच व्यक्तिले १६ किलो विस्फोटक पदार्थसहित आक्रमण गर्न लागेको सूचना दिएका थिए ।

विमानस्थलका एक कर्मचारीले सो टेलिफोन उठाएका र उनैलाई धम्की दिई बम राखिएको जानकारी दिइएको प्रहरी स्रोतले बताएको छ । हाल विमानस्थलको बाहिरी इलाकालगायत सबै स्थानमा कडा सुरक्षा दिइएको जनाइएको छ । रासस/सिन्ह्वा