बाबुराम कमरेड अभिवादन,
तपाईँले नै नक्सा कोर्नुभएको रामेछाप मन्थीलैकै छोरो हुँ म । तपाईँलाई राजनीति होइन, इन्जिनियरिङ फिल्डको राम्रो ज्ञान र अनुभव रहेछ । तपाईँको इन्जिनियरिङ देख्दा तपाईँप्रति जो कोही आशा राख्न बाध्य हुन्थे । अब त्यो दिन इतिहासमै रहेन् । भारतमा बसेर अध्ययन गर्नुभयो, त्यो हाम्रो सरोकारको बिषय थिएन । पढाईकै क्रमदेखि भारतीय एजेन्ट भएर नेपालमा जासुसी गर्दै भारतको बफादार रूपमा आफूलाई दर्ता गराएर बिश्वास जित्नुभयो तब उनीहरूकै उक्सावटमा राजनीतिमा होमिनुभयो । २०५२ सालमा सर्वहारा बर्गको नेता भन्दै बर्गीय मुक्तिका लागि भन्दै जनयुद्ध थाल्नुभयो । जातीय भेदभाव र छुवाछुतको अन्त हुनुपर्छ भन्ने नारा थियो । जमिन नहुनेहरूलाई जमिन दिन्छौँ, घर नहुनेलाई घर दिन्छौँ अन्याय, दमन, शोषण र उत्पीडनमा परेकालाई न्याय दिलाउँछौ, मालिक र श्रमीकबिच समानता गराउँछौँ, शिक्षालाई ब्यबसायीकरणबाट रोकेर ब्यबहारिक शिक्षा दिन्छौ अनि एक करोड ८० लाख नेपालीको जमिन र सम्पत्ति राष्ट्रियकरण गरि बराबर भाग लगाएर साम्यवादी समाज निर्माण गर्छौँ भन्दै हजारौँ हजार गरिबका छोराछोरीको रगत बगाउनुभयो। आफ्नो छोरीलाई बिदेशमा पढाएर गरिबका छोराछोरीको कलम समाउने हातमा बन्दुक थमाएर मर्न बिवश बनाउनुभयो ।
ओखलढुङ्गाका नेवारका छोराले बाहुनको छोरी भगाएको निउँमा एकै परिवारको तीन जनाको बिभत्स हत्या गरि जनयुद्धबाट जातीय भेदभाव र छुवाछुतको अन्त गर्नुभयो । आफ्नै सहपाठी तथा उद्धार र जातीय भेदभावबाट समाजलाई माथि उठाउन खोज्ने नारायण पोखरेलको हत्या गरि कम्युनिस्टको धर्म हुँदैन भनी प्रमाणित गर्नुभयो । अछाममा आफ्नै महिला कार्यकर्तालाई आर्मी ब्यारेक नजिकको भट्टी पसलमा यौनधन्दा गर्न बाध्य बनाएर यौनको प्यास मेटाउने खेलसँगै रक्सी र पानीमा बिषादी प्रयोग गराई बेहोस भएका सैनिकको बिभत्स रूपमा हत्या गराएर साँस्कृतिक क्रान्ति गर्नुभयो । बाँदरमुडेमा एक महिनाको दुधे बालकसहित आँखा नदेख्ने ८० बर्षीय बृद्धलाई बमले उडाएर सर्वहारा जनतालाई बर्गीय मुक्ति दिनुभयो ।
तपाईँको राजीनामा आउँदा जनता खुशी छन् र अब तपाईँले नेपाली नागरिकता त्याग्ने दिनको पर्खाइमा छन् नेपाली जनता । आफै उतै पढेर आएर नुनको सोझो गर्दै हुनुहुन्छ, भोलि तपाईंकी एक्ली छोरी पनि भारतकै छात्रवृत्तिमा पढेर आएर भारतकै नुनको सोझो गर्ने होलिन् । मेरो सुझाव छ, त्यो भन्दा अघि नै नेपालीको नागरिकता त्याग्नुस् र भारततिरै जानुस् ।
१२ बुँदे सहमति भारतीय लेटर प्याडमा गरेर शान्तिपूर्ण बाटोबाट राजधानी भित्रनुभयो । नेकपा एमाले र कङ्ग्रेस नेतृत्वको नेपाली जनताको जनसागरले २४० बर्षीय निरङकुश राजतन्त्रलाई १९ दिनको दिनमा बगाइदियो । गणतन्त्र र संविधान सभा स्थापना गरियो तर बीचमा संघियता र पहिचान षड्यन्त्रपूर्ण ढङ्गले घुसाइयो । माओवादीले पटकपटक भारतको आडमा सत्ता कव्जा गर्न खोजे पनि जनताले तिनलाई लोप्पा खुवाईदिएपछि तपाईं र प्रचण्ड बेचैन भएर जुन जातिको बस्तीमा गयो, त्यही जातिलाई राज्य दिन्छु भन्दै मासुभातमा नेपाललाई बाउको बिर्ताझैँ बिक्री गर्न थाल्नुभयो ।
बाहुल्यतामा रहेको जातिलाई उक्साएर तिनलाई जातीय राज्य दिएर माओवादीले अन्य जातिलाई दबाएरै केन्द्रीय राज्य सत्ता कब्जा गर्न चाहेको थियो । यो सपना पूरा नहुने छाँटकाँट भएपछि ूरअू संग मिलेर तपाईंले आफनै नेता र लडाकू प्रयोग गरेर भारतीय पेशेबर हत्यारासहित आफ्ना कार्यकर्ता प्रयोग गरेर कैलालीमा नरसंहर हत्याकाण्ड गराएको आशंका हुन थालेको छ ।

लेखकः अविनाश बुढाथोकी
६१ हजार हेक्टर जमिन भारतलाई दिएर अझै मदेशवादी दल नामका भारतीय दलालहरूलाई काँधमा बोकेर कति हेक्टर जमिन दिन्छौ र दिने सर्त छ बाबुराम तपाईँको ? कैलाली घटना घटाएपछि संविधानसभाले थरूहट घोषणा गर्छ र अनि अन्य ठाउँमा पनि मगरात, लिम्बूवान, तामसालिङ, खसवान जस्ता जातीय राज्यको लागि कैलालीबाट साम्प्रदायिक हिँसा भड्काउनको लागि तपाईँले किचलोको बिउ निकाल्नुभएको हो भन्ने हामीलाई राम्ररी थाहा छ । मुखले भिजन छाँटेर कामले माखो नमार्ने तोर्पे तपाईंले सुकुमबासीको बस्तीमा डोजर लगाएर काठमाडौँको सडक फराकिलो पारेकै भरमा हामीले तपाईँलाई नेता मान्न सक्दैनौँ महाशय ।
२०६२-२०६३ को जनआन्दोलन ताका भारतीय हस्तक्षेपलाई नेपाली राजनीतिक दलले डटेर सामना गरेका थिए र २४० बर्षीय निरङ्कुश राजतन्त्रको अन्त संगै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन दलहरू सफल भए । सर्वहारा बर्गका नेता तपाईंले गरिबका छोराछोरीलाई बुर्जुवा शिक्षाको नाममा कलम समाउने हातहरूमा बन्दुक भिराउनुभयो । कलिला मानसपटलमा हत्या, हिँसा, आतङ्क घुसाएर तिनको रगतमा होली खेली भारतको डिजाइनमा आफू नक्सा कोर्न थाल्नुभयो ।
प्रधानमन्त्री बन्दा पनि तपाईंले राष्ट्रघाति बिप्पा सम्झौता गरेर देशको स्वाधीनता तथा राष्ट्रियतामा आँच पुर्याउन पछि पर्नुभएन, रातारात सुकुमबासी बस्तीमा डोजर चलाएर बर्गीय मुक्ति दिलाउनुभयो । भारतको योजनामा आजको यो दिन निम्त्याउन पहिचान र संघियताको नाममा प्रचण्डलाई भारतसँग झुकाएर जता गयो उतै पहिचान र संघीयताको भान्से बनाउनुभयो ।
कैलाली घटनाको दुई दिन अगाडिको तपाईंका बक्तब्यले कैलाली घटनाका प्रमुख योजनाकार तपाईं नै हो भन्ने कुराको पुष्टि गर्छ । हुन त आफ्नै कार्यकर्ताको हत्या गरेर गौरकाण्डको नाममा भारतीय दलाल कथित मधेशी दलका नेताहरूको न्वारन गर्ने तपाईं नै हुनुहुन्थ्यो, जुन कुरा माओवादीका केही जिम्मेवार नेताहरूले तपाईंमाथि आरोप लगाउँदै आएका छन् ।
आज मुलुक संविधानको नाममा बन्धक भएको थियो । संविधान दिएर देशलाई समृद्धतर्फ लैजान दलहरूले एक जुट्ता अपनाउँदा तपाईँ चाँहि जनजाति तथा मधशी नेताहरूलाई भारतीय दुतावासलाई साक्षी राखी उक्साउन र साम्रदायिक बन्न हौसला दिँदै हुनुहुन्थ्यो । तर अनेक हुण्डरीको सामना गर्दै दलहरू संविधान ल्याउन सफल भए र जनतामा दशकौँ देखिको पुरानो सपना साकार पारेर जनताहरू माझ खुसी, उमङ्ग र हौसला प्रदान गर्न सफल हुँदा तपाईंँ दुखी हुनुभयो किनभने भारतको योजना अनुसारको भारतमुखी संविधान बनेको थिएन । र, भारतले अनावश्यक दवाब र हस्तक्षेप गरिरहेको अबस्थामा राष्ट्रिय स्वाधीनता, राष्ट्रियता, राष्ट्रिय अखण्ड, राष्ट्रिय सार्वभौमकिता संकटमा पर्दा अनेकतामा एकता भइ विदेशीको हस्तक्षेपको खुलेर बिरोध गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमकिता, राष्ट्रिय अखण्ड र नेपालीको स्वाभिमानको रक्षा गर्नुपर्ने अबस्थामा तपाईंले नेपाल र नेपाली जनता छोडेर भारत र भारु रोज्नुभएको छ । तसर्थ तपाईंले नेपालको संविधानलाई अघोषित बहिष्कार गरेर तराईँको बिखण्डनको आन्दोलनमा सरिक हुन् खोज्दाकथित आन्दोलकारीले बहिष्कार गरेपछि घर न घाटको भएर आज पार्टीबाट राजीनामा दिनुभएको छ । तपाईँको राजीनामा आउँदा जनता खुशी छन् र अब तपाईँले नेपाली नागरिकता त्याग्ने दिनको पर्खाइमा छन् नेपाली जनता । आफै उतै पढेर आएर नुनको सोझो गर्दै हुनुहुन्छ, भोलि तपाईंकी एक्ली छोरी पनि भारतकै छात्रवृत्तिमा पढेर आएर भारतकै नुनको सोझो गर्ने होलिन् । मेरो सुझाव छ, त्यो भन्दा अघि नै नेपालीको नागरिकता त्याग्नुस् र भारततिरै जानुस् ।














प्रतिक्रिया