३० आश्विन २०८३, शुक्रबार

एनआरएन युरोपियन उपसंयोजक पदमा शिवकुमार बरुवालको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva baruwal photo for newsबेल्जियम । गैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जाँदा संसारका बिभिन्न देशबाट केन्द्रिय समितीमा उम्मेद्बारी घोषणा भइ  रहेको छन । यसै क्रममा बेल्जियमबाट शिव कुमार बरुवालले पनि एनआरएनए आइसिसि युरोप उपसंयोजक पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ ।

एन आर एनको स्थापना काल देखी नै एनआरएनको अभियान संलग्न हुँदै  २००७ को एनआरएन बेल्जियमको प्रथम अधिबेशनबाट सचिबालय सदस्य , २०११ मा एनआरएन बेल्जियमको  महासचिब  र २०१३ मा आइसिसि सदस्य मा रहेर काम गरेका गरी सकेका बरुवालले आफु एन आर एनको अभियानमा सुरु देखी नै निरन्तर लागि रहेको र अहिले आइसिसि सदस्य भएकोले आगामी दिनमा  एन आर एन को अभियान मा अझ जिम्मेवारीका साथ लाग्नको लागि र देशको पुन निर्माण र  संबिधान घोषणा पछाडि सम्रिद्व  नेपाल निर्माणमा सकृय  योगदानको लागि आफुले यस पदमा उमेदवारी दिएको बताएका छन । उहा एनआरएन बेल्जियमको बिभिन्न जिम्मेवारीमा रहदा एनआरएन बेल्जियम र एन आरएनआइ सिसिले सुरु गरेका सबै प्रकारका परोपकारी काममा आफुलाई सकृय सहभागी गराउनु भएको छ । गएको बिनाश कारी भुकम्प पीडित हरुको  सहयोगार्थ बेल्जियम राहत संकलन कार्यमा सकृय भूमिका निभाउनु भएको थियो।
भूकम्पपछि अहिले देश पुनस्निर्माणको लागि एनआरएनको काँधमा ठूलो जिम्मेवारी आएको छ त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देशको पुन निर्माणमा लाग्न प्रेरित गर्ने, युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्याबसायी लाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्ने,  युरोपमा एन आर एन ए एन सि सि लाई थप देशमा बिस्तार  गर्ने, अहिले युरोपमा सकृय २७ वटा राष्ट्रिय समन्वय परिषद लाई अझ संस्थागत, दिगो र एन आर एन आइ सि सि प्रती उत्तरदायी बनाउने, युरोपमा बसेका हामी नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यस्को निराकरणमा प्रयास गर्ने, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरु लाई एन आर एनमा समाहित गरौदै हाम्रो देश, हाम्रो भाषा र हाम्रो सक्रिती प्रती रुची जगाउने जस्ता  कार्ययोजना सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

नेपालको म्याग्दीमा स्थाई घर भएका शिव कुमार बरुवाल सन  २००० मा बेल्जियम  प्रबेश संगै बेल्जियम बिभिन्न सामाजिक संस्थामा संलग्न भएर नेपालको चारिटी कार्यमा सकृय रुपमा संलग्न हुँदै आएका छन उहा द हिमालयन सोसाइटी बेल्जियमको संस्थापक महासचिब र मोना बेल्जियमको संस्थापक अध्यक्ष हुन भने बेल्जियमका अन्य धेरै बैचारिक तथा सामाजिक संस्थाको नेत्रित्वो गरेका छन ।  उहाले बेल्जियममा बिशेष गरेर नेपाली उत्पादनहरुलाई बेल्जियम र युरोपको बजामा बिक्री बितरण र बिस्तार गर्ने ब्याबसाय गर्दै आउनु भएको छ ।