१० कार्तिक २०८३, मंगलबार

प्राज्ञद्वारा ‘भारतीय हस्तक्षेप’को विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १० असोज । सार्वभौमसम्पन्न नेपालको स्वतन्त्रतामाथि भारतीय हस्तक्षेप बढेको भन्दै प्राज्ञले विरोध गरेका छन् ।

सिद्धार्थ साहित्य परिषद् रुपन्देहीको २०औँ साधरणसभा तथा १३औँ अधिवेशनलाई शनिबार सम्बोधन गर्दै प्राज्ञ बुँद रानाले अघोषित रुपमा भारतले नेपालमा नाकाबन्दी गरेकोमा दुःख प्रकट गर्नुभयो ।

प्रा डा कपिल लामिछानेले भारतले नेपाली अखण्डतालाई प्रभाव पार्ने गरी गतिविधि गर्नु गलत भएको बताउनुभयो ।

शिक्षाविद् ज्ञानेदव हटुवालले भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

अधिवेशनले रुद्र शर्मा दुखीले प्रस्ताव गरेको प्रस्ताव नेपालको संविधान २०७२ लाई स्वागत र भारतीय पक्षद्वारा भएको अघोषित नाकाबन्दीप्रति विरोध प्रस्ताव पारित गरेको छ ।

अधिवेशनले समालोचक डिल्लीराज भट्टराईको नेतृत्वमा परिषद्को नयाँ कार्यसमिति चयन गरेको छ ।

परिषदका् उपाध्यक्षमा रामबहादुर श्रेष्ठ, सचिवमा नरेश केसी, सहसचिवमा एल शर्मा, कोषाध्यक्षमा सीता काफ्ले तथा सदस्यमा कृष्णचन्द्र बस्याल, हरि खनाल, लक्ष्मीप्रसाद अधिकारी र तिलक लामिछाने रहनुभएको ।

विसं २०३८ मा स्थापित परिषद्ले अनवरत रुपमा साहित्यिक, प्राज्ञिक कार्य गर्दै आएको छ । रासस