१ कार्तिक २०८३, शनिबार

एमाले: एक हजार प्रतिनिधि छानिए, ओलीबाट ६० प्रतिशत दाबी, नेपाल पक्षको अर्कै दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP oli

काठमाडौँ, ८ असार । नेकपा (एमाले) को आसन्न महाधिवेशनका लागि मतपरिणाम आउने क्रम जारी रहँदा आइतबार साँझसम्म करिब एक हजार प्रतिनिधिको चयन भएको छ ।

अधिकांश जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भयो भने केहीमा मतदान भएको थियो । कतिपय जिल्लामा आपसी विवाद हुँदा स्थगन भएको छ भने केही जिल्लामा धाँधली भएको भन्ने आरोप वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लगाएको छ ।

एमालेका केन्द्रीय सचिव शङ्कर पोखरेलले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गर्नुभयो तर वरिष्ठ नेता नेपाल समूह निकट केन्द्रीय सदस्य ठाकुर गैह्रेले प्रतिनिधिको नतिजाले ओलीले जित्ने सम्भावना नरहेको बताउनुभयो ।

संविधानसभा उपनिर्वाचन भएका काठमाडौँ, चितवन, बर्दिया र कैलाली जिल्लामा भने यही असार १० गते प्रतिनिधि छनोट हुने छ । असार १९–२५ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि एक हजार ९ सय भन्दा बढी प्रतिनिधि हुनेछन्, त्यसमध्ये करिब एक हजार ५ सय प्रतिनिधि मातहतका कमिटी र भातृ संस्थाबाट चयन हुनेछन् । महाधिवेशनको तयारी र प्रतिनिधि चयनबारे सोमबार मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने भएको छ ।

एमाले महाधिवेशन प्रतिनिधि छनोट

पोखरा– महाधिवेशनका लागि कास्कीका चार  निर्वाचन क्षेत्रमा भएको महाधिवेशन प्रतिनिधि छनोटमा खुलातर्पm क्षेत्र नं १ बाट मानबहादुर जिसी, मनबहादुर गुरुङ, वैनबहादुर क्षेत्री, टीकाराम पङ्गेनी, शङ्करनाथ पौडेल र वैनबहादुर गुरुङ चुनिनुभएको छ ।

यस्तै क्षेत्र नं २ बाट श्रीनाथ बराल, कृष्ण थापा, जीवन आचार्य र प्रकाश सिग्देल, क्षेत्र नं ३ बाट रवीन्द्र अधिकारी, तेजनारायण अधिकारी, लीलाधर पौडेल, युवराज पौडेल, झवीन्द्र रेग्मी, शिवजी गुरुङ, खगराज आचार्य र रामप्रसाद खनाल छानिनुभएको छ । यसैगरी क्षेत्र नं ४ बाट पुण्यप्रसाद पौडेल, दामोदर वैरागी, विष्णु केसी, दीपक पौडेल, जगन्नाथ बाँस्तोला, दलबहादुर गुरुङ र यमलाल देवकोटा, उत्पीडित निर्वाचन क्षेत्रबाट धनबहादुर नेपाली, होम नेपाली, अर्जुन सुनाम, चतुरे विश्वकर्मा र लालबहादुर परियार चुनिनुभएको छ ।

यसरी नै मजदुर निर्वाचन क्षेत्रबाट रुद्र खत्री, महिलातर्पm क्षेत्र नं १ बाट सावित्री भण्डारी र छली कुँवर सुवेदी, क्षेत्र नं २ बाट जानुका अधिकारी र गजकुमारी गुरुङ, क्षेत्र नं ३ बाट सिर्जना शर्मा, प्रभा कोइराला र देवका पहारी तथा क्षेत्र नं ४ बाट सीता गिरी र मित्रकुमारी सुवेदी छनोट हुनुभएको छ ।

अर्घाखाँची– क्षेत्र नं १ बाट नरेन्द्रकुमार क्षेत्री, चेतनारायण आचार्य, पीताम्बर भुसाल, जर्नादन खनाल, रामबहादुर चौहान, लक्ष्मण रायमाझी, भोजबहादुर शाह, शालिकराम आचार्य तथा महिलातर्फ पुतला खनाल र मिश्रा आचार्य विजयी हुनुभएको छ ।

यस्तै क्षेत्र नं २ बाट रामजीप्रसाद घिमिरे, प्रेमनारायण गैरे, कृष्ण श्रेष्ठ, बुद्धिबहादुर रायमाझी, वसन्तकुमार श्रेष्ठ, जीवनारायण कोइराला, पीताम्बर भुसाल, युवराज श्रेष्ठ र पीताम्बर सारु छानिनुभयो । महिलातर्फ पवित्रा पौडेल, लक्ष्मी गौतम र ईश्वरा पोखरेल तथा दलितबाट लीलबहादुर विक, लक्ष्मण नेपाली र शिवकला विक तथा मजदुरबाट कमल भट्टराई विजयी हुनुभएको छ ।

रोल्पा–क्षेत्र नं १ र २ बाट नौ जना प्रतिनिधि छनोट हुनुभएको छ । क्षेत्र नं १ अन्तर्गत सुलिचौरमा शनिबार भएको भेलाले महिलातर्फ क्रान्ति आचार्यलाई निर्विरोध चयन गरेको छ भने खुलातर्फ कुमार दसौंदी र सूर्य घर्ती चयन हुनुभएको छ ।

यसैगरी क्षेत्र नं २ अन्तर्गत घर्तीगाउँमा भएको भेलाले खुलातर्र्फ चन्द्रकुमारी पुन, शान्तकुमार वली, हरि घर्ती, प्रेम घर्ती र नेपबहादुर डाँगी तथा महिलातर्फ ईश्वरी जिएमलाई छनोट गरेको छ । दलित तथा मजदुर प्रतिनिधि भने चाँडै टुङ्गो लगाइने एमालेले जनाएको छ ।

फलेवास (पर्वत)– क्षेत्र नं १ मा निर्वाचन प्रणालीबाट प्रतिनिधि छनोट भएका छन् । क्षेत्र नं २ मा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भए पनि क्षेत्र नं १ मा भने शनिबार निर्वाचनमार्फत प्रतिनिधि छनोट भएको हो ।

शनिबार बिहान ८ बजेदेखि जारी मतदानसाँझ ५ बजे सम्पन्न भएको थियो । त्यसपछि मतगणना सुरु भएर राति १२ बजे सार्वजनिक भएको मतपरिणामअनुसार पदम गिरी, मेघनाथ सुवेदी, प्रेमकुमार लामिछाने, प्रेम पौडेल र गणेश पौडेल विजयी हुनुभएको छ । त्यस्तै महिलातर्फ हरिमाया सुवेदी र सेती महत विजयी हुनुभएको छ ।

क्षेत्र नं २ र उत्पीडिततर्फ सर्वसम्मतरूपमा आठ प्रतिनिधि चयन भएका छन । क्षेत्र नं २ बाट आठ तथा उत्पीडित दलित समुदायबाट तीन प्रतिनिधि सर्वसम्मतरूपमा चयन हुनुभएको छ । क्षेत्र नं २ बाट विकास लम्साल, मोतीप्रसाद पौडेल, देवेन्द्रराज पाण्डेय, राजुप्रसाद पौडेल, पदमपाणि शर्मा, मित्रलाल बस्याल, धनकुमारी सुवेदी र शारदा शर्मा प्रतिनिधिमा चयन हुनुभएको छ ।

यसअघि महाधिवेशनका लागि दलिततर्फ मनोहर विश्वकर्मा पौडेल, जुना नेपाली र विष्णुराम विक सर्वसम्मत चयन हुनुभएको छ । प्रतिनिधि चयनका समाचार आउने क्रम जारी छ ।

कञ्चनपुर– नेकपा (एमाले) कञ्चनपुरले दलको नवाँै राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि छनोट गरेको छ ।

छनोट भएका प्रतिनिधिमा क्षेत्र नं १ बाट जीवन थापा, पल्लवराज भट्ट, राजेन्द्र जोशी, शालिग्राम शर्मा र कमला बोहरा, क्षेत्र नं २ बाट तारालामा तामाङ, मोहनसिंह रावल र सुशीला खत्री, क्षेत्र नं ३ बाट नरबहादुर धामी, ईश्वरीप्रसाद खरेल, विद्या चन्द र  लालबहादुर खड्का तथा क्षेत्र नं ४ बाट सुरेन्द्र विष्ट, माया पन्त, नन्दराज उपाध्याय र तुसार खड्का हुनुहुन्छ ।

दलितमा लालबहादुर विश्वकर्मा, नरबहादुर विश्वकर्मा, वीरवल विश्वकर्मा र रनसिंह सुनार तथा मजदुरमा धर्मानन्द पन्त निर्विरोध निर्वाचित हुनुभएको छ ।

बैतडी, दार्चुला र डडेल्धुरामा सहमतिमा तथा कञ्चनपुरमा मतदानबाट टुङ्गो लगाइएको हो ।

राजविराज–सप्तरीबाट आज सर्वसम्मतिबाट नौ जना प्रतिनिधि चयन हुनुभएको छ । निर्वाचित हुनुभएका निर्वाचन क्षेत्र नं २ का शैलेन्द्रचन्द्र झा, लक्ष्मण मण्डल र सुगियादेवी यादव, निर्वाचन क्षेत्र नं ६ का देवचन्द्र यादव र वीना यादव, मजदुरबाट धीरेन्द्रप्रसाद बर्मा तथा दलितबाट जुगेश्वर पासवान, महेन्द्रनारायण पासवान र विष्णुदेवराम हुनुहुन्छ ।

अन्य क्षेत्रमा सदस्यतासम्बन्धी विवाद रहेकाले मङ्गलबार मात्र निर्वाचन हुने जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार केन्द्रीय सदस्य रामप्रीत पासवानलगायतले सदस्यता छानबिनका लागि उजुरी दिनुभएकाले चुनावी प्रक्रिया रोकिएको हो । पासवानले विधान विपरित मनोमानी ढङ्गले बनाएको सङ्गठित सदस्य रोक्न माग गर्दै पार्टी कार्यालयमा उजुरी दिनुभएको थियो ।

गोरखा– यहाँबाट १० प्रतिनिधि छानिनुभएको छ । निर्वाचन क्षेत्र नं १ बाट रामशरण बस्नेत, यादव बस्नेत र सम्झना देवकोटा, क्षेत्र नं २ बाट जुद्धविलास भण्डारी र सुशीला न्यौपाने तथा क्षेत्र नं ३ बाट कृष्णबहादुर नेपाली, भीमप्रसाद धमला र मीना बराम विजयी हुनुभएको छ ।

मजदुरबाट बलराम थापा र दलितबाट तीर्थ नेपाली विजयी भएको एमाले गोरखाका अध्यक्ष रामशरण बस्नेतले जानकारी दिनुभयो ।

जाजरकोट– निर्वाचन क्षेत्र नं १ बाट डम्मरबहादुर सिंह, भैरवसुन्दर श्रेष्ठ, नवराज सिंह, गोपाल बटाला र नगेन्द्र शाह, रिता रावल, निरज आचार्य र सिपी घर्ती तथा क्षेत्र नं २ बाट लालबहादुर महतारा, महेन्द्रबहादुर शाही, लालबहादुर थापा, डिल्लीबहादुर सिंह र कौशिलावती खत्री, कृष्णबहादुर बुढा, करवीर शाही र नरबहादुर खत्री तथा दलितबाट जयबहादुर विक, कमारा चदारा र गोपालबहादुर नेपाली छनोट हुनुभएको छ ।

पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेलाई भने प्रतिनिधि छनोटमा भाग लिन दिइएन । अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई अन्तर्घात गरेको आरोप लगाउँदै न्यौपानेलाई प्रतिनिधि छनोटका लागि उम्मेदवार नै बन्न नदिएको एमालेका वेदबहादुर शाहीले बताउनुभयो ।

खोटाङ– क्षेत्र नं १ बाट दश र क्षेत्र नं २ बाट आठ गरी १८ जना प्रतिनिधि छनोट हुनुभएको छ ।

क्षेत्र नं १ बाट पिके राई, हरिकुमार पोखरेल, कर्ण घले, राजन राई, सुरेन्द्रकुमार राई, कुमार आचार्य, अकिल राई, वीणादेवी राई, युवराज पोखरेल र दीपक ठटाल तथा क्षेत्र नं २ बाट विशाल भट्टराई, पर्शु कार्की, बबी चाम्लिङ, रामप्रसाद दङ्गाल, भागवत घिमिरे, दिलचक्र राई, चर्च विश्वकर्मा र दिलकुमारी राई छनोट हुनुभएको छ ।

दमक– झापा क्षेत्र नं ६ बाट हिक्मत कार्की, छत्रपति सुवेदी, योगराज दाहाल, मदन अधिकारी र चन्द्र सुव्बा विजयी हुनुभएको छ । खुलातर्फ १० जना चुनावी मैदानमा थिए भने महिलातर्फ दुई जनाबीच प्रतिस्पर्धा भएकामा कमला दाहाल निर्वाचित हुनुभयो ।

क्षेत्र नं ७ बाट रोमनाथ ओली, देवेन्द्र दाहाल, गणेश बस्नेत, गोविन्द थापा, खड्ग धिमाल, राधाकृष्ण खनाल, वेनुप्रसाद शिवाकोटी र भीम राई महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

यस्तै महिलातर्फ आठ प्रतिस्पर्धीमध्ये मेनका काफ्ले, निर्मला पाठक र लीला ढुङ्गेल निर्वाचित हुनुभएको छ ।

इटहरी–निर्वाचन क्षेत्र नं १ बाट तारा सुब्वा, प्रदीप भण्डारी, रमेश बस्नेत, प्रकाश राई र पदम लिम्बू विजयी हुनुभएको छ । सोही क्षेत्रबाट महिला प्रतिनिधिमा वेणु काफ्ले र निर्मला राई विजयी हुनुभएको छ ।

यसैगरी यो क्षेत्रबाट सर्वध्वज सावाँ, धर्मराज निरौला, याम सुब्वा, लिलम बस्नेत, द्वारिकलाल चौधरी र केशव विष्ट निर्वाचित हुनुभएको छ ।

यस क्षेत्रबाट महिला प्रतिनिधिका लागि भएको निर्वाचनबाट लक्ष्मी गौतम, अम्बिका चौधरी, टीका भट्टराई र अमला श्रेष्ठ निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ बाट भने महिला प्रतिनिधिमा भगवती चौधरी निर्विरोध निर्वाचित भइसक्नुभएको छ । पुरुषतर्फ भएको निर्वाचन परिणामले अबिब हुसैन, शिवहरि घिमिरे र गिरिधारी चौधरी निर्वाचित हुनुभएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ५ मा पनि जगदीश कुसियत र महफुज अन्सारी तथा महिलातर्फ पार्वती उराव निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ६ को मत परिणामअनुसार केशव तिम्सिना, तोया खनाल, चन्द्र मगर, नन्द बस्नेत र महिलातर्फ बिना राई निर्वाचित हुनुभएको छ ।

सङ्खुवासभा–क्षेत्र नंं १ मा मु्रारी खतिवडा, हेमराज घिमिरे, सुमन शाक्य र नारायण कटुवाल तथा महिलातर्फ डम्बरकुमारी भट्टराई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ मा उमेशकुमार डाँगी, कृष्णकुमार तामाङ, भरतकुमार खत्री र मानसिं पोख्रेल तथा महिलातर्फ सरिता खड्का, दलिततर्फ केशर महते र मजदुरतर्फबाट लोकबहादुर श्रेष्ठ छनोट हुनुभएको छ ।