– एनपी प्रधान (भरत)
साउदी अरब, ९ असौज । बिप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य टेक बहादुर केसीले नेपाली जनताको भावना बिपरीत ल्याईएको जनबिरोधी संबिधान कुनै पनि हालतमा आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको दोस्रो केन्द्रीय महाधिबेशनलाई रियादमा सम्बोधन गर्दै नेता केसीले जनबिरोधी संबिधान आफूहरुलाई मान्य नहुने बताउनुभएको हो ।उहाँले बृहत् शान्ती सम्झौता र दश बर्षे जनयुद्धको मर्म र भावना बिपरीत जारी गरिएको संबिधानको बिरुद्धमा कडा संर्घष गरिने स्पष्ट पार्नुभयो । मध्य पूर्व उपब्यूरो ईन्र्चाज समेत रहेका नेता केसीले तीन ठूला दलले बिदेशी दलालको ईशारमा राष्ट्रघाति संबिधान ल्याएकाले त्यसको शसक्त संर्घषका लागी तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
नेपाली जनताको त्याग र बलिदानको अपमान् गरेर जारी गरिएको संबिधान राष्ट्रको हितमा नरहेको उल्लेख गर्दै नेता केसीले राष्ट्र, राष्ट्रियता र नेपाली जनताको हितका लागी जनसंबिधान लागु गरिने बताउनुभयो ।
यसैबीच मोर्चाको रियादमा सम्पन्न दोस्रो केन्द्रीय महाधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागी मीन राज नाथको अध्यक्षतामा ३७ सदस्यीय नयां कमिटी चयन गरेको छ ।
जसको दुई उपाध्यक्षमा रोमन छेत्री र मान बहादुर सहचारी निर्बाचित हुनुभएको छ । महाधिबेशनले महासचिवमा युबराज कार्कीलाई चयन गरेको छ ।मोर्चाको दुई सचिबमा भेसराज रसाइली र सुरेन्द्र रोका निर्बाचित हुनुभएको छ । कोषाध्यक्षमा पवन मगरलाई निर्बाचित गरेको छ । यस्तै सदस्यहरुमा टेक बहादुर थापा, जिपराज पुन, दिल कुमार लामा, गुमान सिङ डाङी, करन पुन, दण्डपाणि भट्टराई, दिनेश क्षेत्री, अमृत पुन, लाल सिङ घर्तिमगर, सुरेस वलि, दिनेस घर्ती, धुर्ब केसी, रण ब.बुढामगर, तेजेन्द्र पुन, प्रबिन पुरुस, दिल कुमार लामा, मोहन सारु, कमान सिङ डाङ्गी, यादब अधिकारी, बिगेन्द्र निरौला, इस्वर लामा, रबिन्द्र सदासन्कर, श्रवण कुमार शेर्पाली, सागर माझी, सुभास कार्की, रोसन गुरुङ्ग, प्रकाश थापा, राम सिङ कुमाल, बेगम शेर्पाली रहनुभएको छ ।
महाधिबेशनले सल्लाहकारमा दिल सुब्बा, महेन्द्र थुलुगं, भानु प्रदेशी र किशोर अबिनाश लाई चयन गरेको छ । महाधिबेशनले मोर्चाका अध्यक्ष दिल सुब्बाद्धारा प्रस्तुत राजनितीक तथा कार्यनिती प्रतिवेदन र महासचिव भानु प्रदेशीद्धारा प्रस्तुत सांगठनीक प्रतिवेदन पारित गरेको छ ।
महाधिबेशनले हालै जारी गरेको संबिधानको सशक्त संर्घष गर्नका लागी आगामी रणनितीक कार्ययोजना तथा संर्घषका कार्यक्रम समेत तय गरेको मोर्चाले जनाएको छ ।
कार्यक्रममा नेपाली राजदुतावासका कार्यबाहक राजदूत आनन्द प्रसाद शर्मा, एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, जनप्रगतिशील मञ्चका अध्यक्ष गणेश घतानी, मञ्चका निर्बतमान अध्यक्ष डोर बहादुर कार्की, बिश्व साहित्य संघ साउदी च्याप्तरका सुर्य याख्या लगायतले बोल्दै प्रवासी श्रमीकका समस्या समाधानका लागी सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।















प्रतिक्रिया