१० कार्तिक २०८३, मंगलबार

हतियार बोकेका युवक काठमाडौंमा समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarकाठमाडौं, ९ असोज । हतियार बोकेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ ढुङगेधारा ऐराहिटी बस्ने धादिङ अगिन्चोक–८ का २३ वर्षीय सन्तोष खड्कालाई शनिबार प्रहरीले १ नाल कटुवा पेस्तोल, २ थान खुकुरी र एसएलआरको ६ राउण्ड गोलीसहित शुक्रबार उनकै डेराकोठाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–९ गौशलास्थित बसपार्कमा प्रहरी हुँ भनि विभिन्न व्यक्तिहरुसँग पैसा उठाउँदै गरेको अवस्थामा भक्तपुर ठिमी डेरा गरी बस्ने कैलाली धनगढीका २३ वर्षीय भरत नेपालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।