– डम्मर राज भट्ट
महेन्द्रनगर, ९ असोज । कञ्चनपुरका नागरिकहरुको खाद्य अधिकार सुनिश्चिताका लागि भन्दै जिल्ला खाद्य अधिकार संजालले ११ बुँदे बार्षिक कार्य योजना निर्माण गरेको छ ।
शनिबार जिल्ला खाद्य अधिकार संजालको महेन्द्रनगरमा बसेको बैठकले यहाँका नागरिकहरुको खाद्य खधिकारका सुनिश्चिताका लागि ११ बुँदे बार्षिक कार्य योजना निर्माण गरेको हो । खाद्य अधिकार संजाल कञ्चनपुरका संयोजक कोमलनिरन्जन भाटले जिल्लाबासीको खाद्य अधिकार सुरक्षित नभएको भन्दै खाद्य अधिकारको प्रत्याभुति गराउन बार्षिक कार्य योजना निर्माण गरिएको बताए ।
संयोजक भाटले जिल्लाका विभिन्न खाले खाद्य अधिकारका समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । ‘कतै अभाव, कतै भएर पनि खाद्य सम्प्रभुता कायम हुन सकेको छैन् । त्यसलाई व्यवस्थापन गर्नुपर्छ’, उनले भने ।
असोज १५ गतेदेखि बर्षभरीका लागि एक बर्षे कार्य योजना निर्माण भएको छ । कार्य योजनामा जिल्लाको दक्षिणी क्षेत्रको महाकाली सिँचाई दोदा, चौधर र झर्नाखोला खोला÷नदिबाट कटानी, पटानी र सिमसार रहेको उर्बराभूमिको पूर्नरुत्थान गर्ने सम्बन्धीत निकायमा पलह गरिने छ ।
जंगली बन्यजन्तुबाट बाली नोक्सानी नियन्त्रण, खाद्य बस्तु बिक्रि वितरणमा सहजता,स्थानिय प्रशासनले खाद्य सुरक्षाका लागि नियमित बजार अनुगमन गनुपर्ने छ । खाद्य बस्तुमा मिसावट, शुद्धखानेपानीको समस्या, चुरे पर्वतको क्षयिकरण, उर्बराभूमिका प्लटिङ्ग, अव्यवस्थित बजारीकरण, मासु तथा मासुजन्य बस्तुहरु वितरणमा नियमत, खाद्य सुरक्षाका लागि नागरिक जनचेतनाका कार्यक्रम राखिएका छन् ।
यस्तै सिँचाई नपुगेका क्षेत्रमा सिँचाई पु¥याउनका लागि समेत संजालले पहल गर्ने छ । सम्बन्धीत निकाय, खाद्य संजाल, नागरिक समाज, संचारमाध्यम लगायतको सहभागितमा उक्त कार्य योजना कार्यान्वयन गरिने समेत संयोजक भाटले बताए ।
चाँडबाँड नजिकिदै जाँदा स्थानिय प्रशासनले बजारमा विषेश निगरानी बढाउन समेत संजालले आग्रह गरेको छ । कञ्चनपुरमा उक्त संजाल गठन भएपछि खाद्य क्षेत्रमा यस भन्दा पनि अघिल्ला बर्षहरुमा कार्यक्रम संचालन गरेको थियो ।















प्रतिक्रिया