खोटाङ, ९ असोज । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा यही असोज १५ गतेदेखि नियमित उडान हुने भएको छ ।
गत जेठदेखि उडान अवरुद्ध भएको थियो । नजिकिँदै गरेको दसँै तथा तिहारलाई ध्यानमा राखेर नेपाल वायुसेवा निगमले नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको स्टेसन इन्चार्ज नरेन्द्र उदासले बताउनुभयो । हिउँदभर सञ्चालन हुने विमानस्थलमा निगमले मात्र उडान भर्दै आएको छ । रासस















प्रतिक्रिया