१० कार्तिक २०८३, मंगलबार

पर्वतमा गाँजा फँडानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gajaपर्वत, ९ असोज । इलाका प्रहरी कार्यालय लुङ्खुले गाँजाखेती फँडानी अभियानअन्तर्गत शुक्रबार ८०० गाँजाका बोट फँडानी गरेको छ ।

इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक अशोक रेग्मीको नेतृत्वमा खटिएको टोलीले पाखापानी गाविस १ र २ का १२ घरमा झन्डै चार रोपनी क्षेत्रफलमा लगाइएको ८०० बोट गाँजा फँडानी गरेको हो ।

दश दिने अभियानअन्तर्गत लुङ्खु, पाखापानी, बालाकोट, कुर्घा, भोक्सिङ र फलामखानी गाविसमा अवैधरुपमा लगाइएको सबै गाँजा नष्ट गर्ने योजना रहेको टोलीले जनाएको छ ।

अवैध मदिरा नष्ट

प्रहरीले १३५ लिटर अवैध घरेलु मदिरा शुक्रबार यहाँ नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक शेरबहादुर थापाको नेतृत्वमा गएको टोलीले स्थानीय कमला श्रेष्ठको घरबाट उक्त मदिरा नियन्त्रणमा लिएको हो ।

त्यस्तै डिमुवा प्रहरी चौकीले सवारी जाँचका क्रममा ६० लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

प्रहरीले डिमुवाबाट कुश्माबजारतर्फ लैजाँदै गरेको मदिरा नियन्त्रणमा लिई स्थानीय सामाजिक व्यक्तित्व र आमा समूहको रोहबरमा नष्ट गरेको डिमुवा प्रहरी चौकीका प्रहरी हवल्दार बमबहादुर जिसीले जानकारी दिनुभयो । रासस