१० कार्तिक २०८३, मंगलबार

भारतीय राजदूतसँग सरकारले जोड्यो हात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-ray.Indian-ambassdorकाठमाडौँ, ८ असोज । सरकारले भारतसँगको सीमा बिन्दुको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालका लागि भारतका राजदूत रणजित रायलाई अत्यावश्यक सामग्री बोकेका सवारी साधनको निर्वाध आवागमनमा सघाउन भारतसँग आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आज अपराह्न भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा भेटेर विगतमा झैँ बिना व्यवधान अत्यावश्यक सामग्री ढुवानीका साधनको आवागमनमा सहयोग गर्न भारत सरकारसँग अनुरोध गर्नुभएको हो ।

दुवै देशका सरकार र जनताबीचको विद्यमान सुमधुर सम्बन्धबारे चर्चा गर्दै मन्त्री अधिकारीले आपूर्ति चक्रमा हालैका दिनमा देखिएको अवरोध हटाउन आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मालसामान ढुवानी गर्ने सवारी साधनलाई नेपाली भूमिमा सुरक्षासम्बन्धी कुनै समस्या हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको तथा नेपालमा रहेका भारतीय नागरिक र उनीहरूको सम्पत्तिको सुरक्षा गर्ने सरकारको प्रतिबद्धता मन्त्री अधिकारीले दोहो¥याउनुभयो ।

नेपाल सरकारले प्रस्तुत गरेका विषयलाई भारत सरकारका उच्च अधिकारीसमक्ष प्रस्तुत गर्ने जानकारी राजदूत रायले दिनुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस