२९ आश्विन २०८३, बिहिबार

सावधान ! गर्भावस्थामा मदिरा सेवन गर्दा शिशुको ज्यानै जान सक्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-during-pregnancy1काठमाडौं । गर्भावस्थामा मदिरा सेवन गर्नाले शिशुको मस्तिकमा असर पर्नसक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरुको भनाई छ । अनुसन्धानको क्रममा गर्भवती हरेक १० महिलामा एकले मदिरा सेवन गर्ने गरेको तथ्य पत्ता लागेको बताइएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार सामान्य अवस्थाका महिलाहरुको तुलनामा गर्भवती महिलाहरुले बढी मदिरा सेवन गर्ने गरेको पनि सो अनुसन्धानमा खुलेको छ ।

गर्भावस्थामा मदिराको प्रयोगबाट बालकको शारीरिक विकासमा बाधा उत्पन्न गर्नेमात्र नभई उनीहरु अपाङ्ग समेत हुनसक्ने जनाइएको छ । त्यसैगरी यस्ता आमाहरुलाई अर्काे गर्भ रहने काममा पनि समस्या देखिने, गर्भ तुहिने एवम् समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्याहरु देखिने पनि अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

गत महिना गरिएको यस अनुसन्धानमा १८ देखि ४४ व्र्ष उमेरका गर्भवती महिलाहरुको सहभागिता रहेको बताइएको छ । रासस/एएफपी