१ कार्तिक २०८३, शनिबार

इन्डोनेसियाको पपुआमा ६.८ रेक्टर स्केलको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indonesia-earthquackजाकार्ता, ८ असोज । इन्डोनेसियाको सुदूरपूर्वी क्षेत्र पपुआमा बिहीबार आएको शक्तिशाली भूकम्पमा परी ६२ जना घाइते भएका छन् ।

यस भू्कम्पमा परी दुई सयवटा घर क्षतिग्रस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले शुक्रबार सिन्ह्वा समाचार समितिलाई जनाएको छ । सो भूकम्पमा परी घाइते भएका मध्ये १७ जनाको अवस्थाको गम्भीर भएको जनाइएको छ ।

बिहीबार साँझमा आएको यो भूकम्प ६.८ रेक्टर स्केलको भएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

त्रासको कारण भूकम्प प्रभावित क्षेत्रबाट स्थानीय केही बासिन्दालाई अन्यत्रै सुरक्षित स्थानमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता सुतोपोले बताउनु भएको छ ।

सो भूकम्पको कारण घरहरु क्षतिग्रस्त भएको र प्रभावित व्यक्तिहरुलाई केही त्रिपालको समेत व्यवस्था गरिएको सरकारले बताइएको छ ।

यो भूकम्पको केन्द्रविन्दु आसपासकै इलाकामा समुद्रको सतहको १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको कारण हालसम्म सुनामीको चेतावनी भने नदिइएको अधिकारीहरुले जनाकारी दिएका छन् । रासस/सिन्ह्वा