१० कार्तिक २०८३, मंगलबार

भूतपूर्व सैनिक महासंघले भन्यो- दुबै पक्षमा वार्तामा बस्नुपर्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhupu-sainik-final-finlaकाठमाडौँ, ८ असोज । अहिले देशमा भइरहेको आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नु परेकाले नेपाल सरकार र आन्दोलनरत पक्षलाई वार्ताको पहल गरी उचित समाधान गर्न भूतपूर्व सैनिक महासङ्घले आग्रह गरेको छ ।

भूतपूर्व सैनिक महासङ्घका तर्फबाट आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र र राष्ट्रियता जोगाउनु सबै नागरिकको कर्तव्य भएकाले यस कुरालाई सबैले आत्मसात गर्नका लागि महासङ्घका अध्यक्ष डा लक्ष्मीकान्त पाण्डेयले सबैसँग अनुरोध गर्नुभएको छ ।

लामो कसरत पछि नेपाली नागरिकले प्राप्त गरेको ‘नेपालको संविधान २०७२’ को संरक्षण र कार्यान्वयन गर्नु देश र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकको कर्तव्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भूतपूर्व सैनिकका बारेमा उपयुक्त सम्बोधन नभएकोप्रति गुनासोसमेत गरिएको छ । रासस