३० आश्विन २०८३, शुक्रबार

एनआरएनए केन्द्रय उपाध्यक्षकालागि लक्ष्य गुरुङको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxya-Gurungलन्डन । गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि संलग्न बेलायतका चर्चित समाजसेवी लक्ष्यबहादुर गुरुङले गैरआवासीय नेपाली संघको केन्द्रय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एक घोषणापत्र जारी गर्दै गुरुङले यसअघि संघको नेतृत्वले अघि सारेका निर्णयहरु कार्यान्वयन गर्दै गैरआवासीय नेपाली अभियानलाई जन्मभूमि एवम् कर्मभूमि दुबैको हितमा लगाउनु आफुले उम्मेदवारी दिनलागेको बताए।

गत एक दशकदेखि गैरआवासीय नेपाली संघ युकेमा संलग्न भएका उनले २००६/०८ मा कार्यसमिति सदस्य, २००९/२०११ मा आईसिसि सदस्य, २०११/१३ मा विदेशमा नेपाली सामानको प्रवर्द्धन गर्न गठित कार्यदलको सदस्य तथा २०११/१३ मै युरोप क्षेत्रको क्षेत्रीय उपसंयोजक को रुपमा काम गरिसकेका छन्। हाल उनी एनआरएन युकेको सल्लाहकारको रुपमा सकृय छन्।

तमुधि युके (सल्लाहकार), ताङतिङ समाज युके (अध्यक्ष), ताङतिङ ट्वीनिङ एसोसियसन (ट्रष्टी) र बर्न्टओक नेपाली समाज युके (पूर्व अध्यक्ष) जस्ता सामाजिक संस्थाहरुमा पनि संलग्न गुरुङलाई सन् २०१२ मा लण्डनस्थित बरो अफ बार्नेटले नेपाली समुदायलाई पुराएको योगदानको कदर स्वरुप ‘बार्नेट सिभिक अवार्ड २०१२’ प्रदान गरेको थियो।

उनले गैरआवासीय नेपाली संघमा संलग्न सबै मित्रहरुलाई सहयोगकालागि अपील गर्दै आफु विजयी भएमा निम्न अनुसारका कामहरु गर्ने प्रतिबद्धता व्यक्तगरेका छन्।

संगठन संबन्धी

१. गैरआवासीय नेपाली संघले अवलम्वन गरेका परियोजनाहरु जस्तै नेपालमा महाभूकम्प पीडितहरुकालागि १,००० घर निर्माण गर्ने, संघको काठमाण्डौमा आफ्नै भवन निर्माण गर्ने, नेपालमा खुला विश्वविद्यालयको स्थापना गर्ने, विश्वव्यापी गैरआवासीय सन्जाललाई परिचालन गरी सामूहिक लगानी भित्र्याउने जस्ता कामहरुमा दिलोज्यानले अध्यक्षलाई सघाउने।

२. परोपकारी कार्यक्रमलाई प्रभावकारी बनाउन परोपकारी कार्यदल (च्यारिटी टास्कफोर्स) को नेतृत्व लिइ प्रत्येक एनसिसीहरुलाई वार्षिकरुपमा कम्तीमा एउटा परोपकारी काम वा च्यारिटी डिनर गर्न सुझाव तथा कार्यसमितिमार्फत निर्देशन दिने।

३. नेपाली नागरिकताको निरन्तरताकालागि एक उच्चस्तरीय आयोग गठन गर्न पहल गर्दै लक्ष्य प्राप्त नभएसम्म निरन्तर प्रयास जारी राख्नेग।

४. नेपाल बाहिर रहेका विद्यार्थी, युवा र महिलाहरुको समस्याको पहिचान गरी समस्या समाधानको हरसम्भव प्रयास गर्नुकासाथै उनीहरुको एकीकृत शक्तिलाई संघको उद्देश्य प्राप्तिमा उपयोग गर्न पहल गर्ने।

५. दोश्रो पुस्ताका युवायुवतीहरुलाई संघका गतिविधिहरुमा संलग्न गराउनुकासाथै संघले आफ्नो उद्देश्य प्राप्तिकालागि गठन गरेका विभिन्न कार्यदलहरुलाई अरु बढी सकृय बनाउन पहल गर्ने।

६. संघको स्थापना कालदेखि विभिन्न पदहरुमा रही योगदान दिंदै आउनुभएका अग्रजहरुलाई सम्मान गर्ने मान्यताको स्थापना गर्दै संघका चुनावहरुमा विभिन्न कारणले असन्तुष्ट रहेका साथीहरुलाई पनि समेटने वातावरण बनाउन काम गर्ने।
माथि उल्लेखित सांगठनिक कुराहरुबाहेक

७. एनसिसीहरु स्थापना भैसकेका देशहरुमा रहेका विभिन्न क्षेत्रमा दक्षता प्राप्त नेपालीहरुको स्कील्स बैंक ९क्प्क्ष्ीीक् द्यब्ल्प्० स्थापना गर्न पहल गरी विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको चौतर्फी विकासमा लगाउन वातावरण बनाउन नेतृत्वदायी भूमिका खेल्ने।

८. मलेसिया, खाडी मुलुक लगायत अन्य देशहरुमा कार्यरत नेपाली कामदारहरुको सुरक्षित र मर्यादित रोजगारीका साथै खासगरी महिला कामदारहरुलाई विभिन्न प्रलोभनमा पारी शोषण तथा दमन गर्ने प्रचलन रोक्न संस्थागत पहल गर्ने।

९. बेलायतस्थित भूतपूर्व गोर्खाहरुले समान पेन्सनका लागि गर्दै आएको आन्दोलनलाई संघको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने, र

१०. नेपालमा उत्पादित विभिन्न खाद्यान्न, जडीबुटी, फूल आदि विदेशमा निर्यात गर्न र ती सामग्रीहरुमा बार कोड प्रणाली लागू गर्न, निर्यातजन्य वस्तुहरुको गुणस्तर कायम गर्न र काठमाण्डुस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कोल्ड स्टोरेज निर्माण गर्न नेपाल सरकारलाई संस्थागत रुपमा रायसल्लाह दिन पहल गर्ने।