२९ आश्विन २०८३, बिहिबार

श्रीमान कमाउन कतारतिर, श्रीमती र छोराको घरमै हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

knife-1

जनकपुर, ८ असार । घरमै सुतिरहेको अवस्थामा शनिबार राति जनकपुर –४ कटैया चौरीमा आमाछोराको हत्या भएको छ। अन्दाजी २८ वर्षीया मैतुल खातुन र उनकै सात वर्षीय छोरा अमरुल साफीको अज्ञात समूहले हत्या गरेको प्रहरीले जनाएको छ।

निर्माणाधिन घरमा बसिरहेकी मैतुल आमाछोराको हत्या वारे कुनै रहस्य अहिलेसम्म पत्ता लागि नसकेको प्रहरीले जनाएको छ । मैतुलका श्रीमान आलम साफी रोजगारको सिलसिलामा एक वर्षदेखि कतारमा छन् । त्यहीँबाट पठाइएको डेढ लाख रुपैयाँ पनि चोरी भएको मृतक परिवारले जनाएको छ ।

यसबाट लुटेरा समूहले घरै लुट्ने मनसाय बनाएर गएको तर उनीहरुले चिनिसकेको बुझेर प्रमाण मेटाउन हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।