२९ आश्विन २०८३, बिहिबार

८० लाख बराबरको अफिमसहित पाँच जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

offim-1

नेपालगञ्ज, ८ असार । कोहलपुर प्रहरीले अफिम सहित पाँच जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज नाका हुँदै भारत लैजान तयारी अवस्थामा राखिएको २० किलो अफिमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार विहान बासुदेवपुर–१ बाट रुकुम साख–४ का ४६ बर्षीय देविलाल गिरी, ३७ बर्षीय जितेन्द्र गिरी, ३२ बर्षीय बीरबहादुर खड्का, ३३ बर्षीय मातिलाल ओली, ४९ बर्षीय खड्क बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुसँगै वरामत गरेको अफिम करिव ८० लाख मुल्य बराबर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

क्षेत्रीय प्रहरी, अञ्चल र कोहलपुर प्रहरीको संयुक्त टोलीले बासुदेवपुर–१ घर भई जिल्ला कृषि विकास कार्यालय रुकुममा जेटिए रहेका शम्भुनाथ योगीको घरबाट अफिम सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले उक्त अफिम भारतीय अफिम व्यापारी मुसा खानलाई पुर्‍याउन लागेका थिए । उनीहरुले उक्त अफिम पु¥याए वापत प्रतिव्यक्ति ४० हजार रुपैँया निले सहमति भएको थियो ।