काठमाडौँ, ८ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आउने करीब–करीब निश्चित भएपछि त्यसको योजना र एजेण्डा तय गर्न नेपालका लागि भारतीय राजदुत रञ्जित रे आइतवार नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।
साउनको कुनै पनि सोमबार पशुपति नाथको विशेष पुजा गर्ने गरि मोदीले नेपाल भ्रमणमा आउने भएका छन् । त्यसका लागि भ्रमणको कार्यक्रम बनाउन रे नयाँ दिल्ली जान लागेको स्रोतले बताएको छ । दिल्लीमा राजदुत रेले त्यहाँ रहँदा विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिवसँग भेटवार्ता गरेर भ्रमणको कार्यक्रम तय गर्ने छन ।
नयाँ दिल्ली प्रस्थान गर्नु अघि राजदुत रेले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग भेटघाट गरेका थिए । मोदीको भ्रमण प्रधानमन्त्री सुशील कोइरालाको कारण निश्चित हुन नसकिरहेको बताईएको छ । प्रधानमन्त्री नेपाल फर्किने टुङगो लाग्नासाथ मोदीको भ्रमण टुङगो लाग्ने छ ।
















प्रतिक्रिया