२९ आश्विन २०८३, बिहिबार

भारतलाई बहिष्कार किन नगर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

आदरणीय यस देशका नागरिक बुद्धिजीवी, लगायत सम्पूर्ण युवा साथीहरु !

आज वास्तवमा एउटा ठूलो कालखण्डपछि नेपाल र नेपालीले गर्व गर्ने समय आएको छ, त्यो हो नेपालीले आफ्नो संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ को सुरुआत गरेको समय । हिजो, आजका विभिन्न मिडिया, सामाजिक सञ्जाल फेसबुक, ट्वीटरहरु हामी विभिन्न क्षेत्रका, जातका मान्छेहरुलाई गाली गरिरहेका छौं । साथै हाम्रो छिमेकी देश भारतलाई पनि ।

आज म मेरो दिमागलाई शुन्यतामा राख्दै सोच्न गइरहेको छु, हो वास्तवमा हामी कस्ता मानव हौ जसले जहिले पनि एक अर्कालाई सानो कुरामा गालि गर्ने र सानो कुरामा खुसी हुने के यो वास्तवमा ठिक हो त ? हामी ठिक हौत ? के यसैगरी हामीले आफ्नो घर, परिवार, समाज, क्षेत्र र देश अनि राष्ट्रलाई माथि उठाउन र हामी माथि उठ्न सक्छौं ? के हामी विश्वका सक्षम नागरिक बन्न सक्छौं ? आज हामी प्रत्येक नागरिकले यावत कुराहरु माथि राम्ररी सोच विचार पुर्‍याउन जरुरी छैन त ?

हो हामीहरु धेरै समय यसरी नै खेर फालिरहेका छौँ, कहिले सानो कुरामा बेलायतले हामीलाई उक्साउँदा हामी उसका सेना बनेर विश्व जित्न हिड्यौं, कहिले भारतले २००७ सालमा हामीहरुलाई स्वतन्त्रता दिन्छु भन्दैमा हामी उसका सेना र उसका देशका गएर कामदार बनेर खुसी हुँदै आफ्नो अमूल्य समय र जिन्दगी उसका लागि समर्पण गर्‍यौँ । हो त्यस्तै गरी २०४७ सालमा फेरि हामीलाई यसैगरी विदेशी तत्वहरुले उक्साएर भुलाए । र २०६२/०६३को त कुरा नै नगरौ । हामी अर्काको देश र अर्काका नागरिकले हामीलाई जसो जसो गर भनेर भने त्यसै त्यसै गर्‍यौँ, जसले गर्दा देशलाई माया गर्ने हजारौ सपुतहरुलाई हामीले पटकपटक गुमाइरहेका छौँ । यद्यपी राष्ट्रका प्रमुख व्यक्तिहरु समेत गुमायौँ । कुरा धेरै गम्भीर गहिरो छ जस्तो मलाई लाग्दछ । वास्तवमा अबको समयमा हामी के हौ ? के गर्दछौं र हाम्रो भविष्य के भन्ने कुरा पनि आज हामीले आफै निर्णय गर्नुपर्ने बेला आएको छ ।

हामी आफूलाई आज कतिको दुरदर्शी छौ कत्तिको सक्षम छौ, हामी कसैको इशारामा नाच्ने मात्र हौं अथवा हामीसँग आफ्नो बारेमा पर्याप्त ज्ञान र क्षमता छ जसले हाम्रो घर, परिवार, समाज, क्षेत्र र राष्ट्रलाई हामी अनन्तकाल सम्म डोर्‍याएर हामीले हाम्रो राष्ट्रलाई विश्वकै ससामू सक्षम, सवल, समुन्नत बनाउन सक्छौं । यो सोच्ने, गर्ने अनि देखाउने बेला आएको छ । वास्तवमा यस्तो परिस्थिती सदा सदा आइराखेको हुँदैन्, आज यस्ता चुनौती हाम्रो अगाडि छन् ।
केही समय अगाडि वास्तवमा एउटा खबर आयो भारतले महोत्तरी जिल्लाका नाकाहरु बन्द ग¥यो रे । यो समाचार आउने वित्तिकै धेरै जना आक्रोशित, भयभित र आश्चर्यचकित भएको मैले देखिरहेको छु । हो वास्तवमा नेपाल एउटा विकासशील, शान्त र भूपरिवेष्ठित देश हो ।

harish-bhandari-1

म आश्चर्यचकित छु कि धेरै मानिस आक्रोशित भएको देखेर, भयभित भएको देखेर अनि आश्चर्यचकित भएको देखेर । हो यसमा हामी महसुस गर्न सक्छौ कि हामी कति अरुसँग आश्रीत रहेछौं आज बल्ला ज्ञान भयो हामीलाई । आज हाम्रा हात कापीरहेका छन्, बोली लरबराइरहेको छ, यहाँका नेतालाई देख्दा मलाई दंग लागेको छ, हामी परजिवीहरुलाई देखेर । जहाँ हामी हाम्रो राष्ट्रका सार्वभौम नेपाली भनिरहेका छौं । वास्तवमा हामी यति कातर छौं ? हाम्रा पुर्खाले आर्जेको सम्पत्ति, इज्जत, उच्च शीर कता छ ? खोज्नुपर्ने बेला आएको छ ।

जसबाट हामी आफ्नो आत्मविश्वासलाई जीवित बनाएर विश्वको सम्बृद्ध, सक्षम, विर, क्षमतावान, सम्पन्न बन्न सक्दैनौं त ? हो अब बेला आएको छ हामीहरुले यस देश र जनताको स्वाभिमान बचाउने र देशलाई सम्बृद्ध बनाउने । हो हाम्रो छिमेकी देशले हामीलाई नाकाबन्दी गर्नपर्दैन, उनीहरुका नाकालाई हामी बहिष्कार गर्छाै, उनीहरुको समानहरुलाई बहिष्कार गर्छाै जून हामीलाई बेचेर धनि भएका छन् । हाम्रो यस मातृ भूमीलाई हामी स्वर्ग बनाउँदछौं । कसैको लगानी विना हाम्रो मेहनत, हाम्रो परिश्रमले यस देशलाई रंगाउँछौ । हामीले हाम्रो देशमा उत्पादन हुने कुरामात्र प्रयोग गर्छाै, हामी हाम्रो देशमा रमाउँछौ, हामीले आफ्नो देश दाजूभाईहरुसँग मिलेर बस्छौ, आफ्नै संविधान बनाउँछौ, भूकम्पले भत्किएका घरहरु हामी आफै बनाउँछौं, हामी मिलेर बाडिचुँडी दुई गाँस खान्छौ, त्यो क्षमता यस देशसँग छ । यहाँका नागरिकसँग छ ।

अन्तमा हामीले आज आँखा खोल्नैपर्छ, खोलिदिनेलाई धन्यवाद दिउँ, उनीहरुले हामीलाई ठूलो शिक्षा दिएका छन् यस शिक्षालाई सहित रुपमा प्रयोग गरेर हामी विश्वका समुन्नत र क्षमतावान देशका नागरिक बनौ, आजैदेखि अरुको भर नपरौ, आत्मनिर्भर बनौ, स्वाभिमानी बनौ, जय देश जय नेपाल ।