काठमाडौँ, ८ असार । ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत आइतवार राति र सोमवार बिहान समूह ‘‘जी’ र ‘एच्’का दोस्रो चरणका अन्तिम खेलहरु हुँदैछन् ।
समूह ‘एच’को खेलमा नेपाली समय अनुसार राति पौने १० बजे बेल्जियम र रुसबीच हुने छ । बेल्जियमले पहिलो खेलमा अल्जेरियालाई २–१ ले पराजित गरेको थियो ।
रुसलाई पराजित गर्न सके बेल्जियम एक खेल खेल्न बाँकी छँदै नकआउट चरणमा पुग्नेछ । दक्षिण कोरियासंग बराबरी खेलेको रुस पनि बेल्जियलाई पराजित गरेको खण्डमा अर्को चरण प्रवेश गर्ने छ ।
विश्वकप अन्तर्गत समुह ‘एच’को खेलमा राति पौने १ बजे दक्षिण कोरिया र अल्जेरियाबीच हुने छ ।
दक्षिण कोरियाले पहिलो खेलमा रुससंग बराबरी खेल्दा अल्जेरिया भने बेल्जियमसंग पराजित भएको थियो । यो खेल हारे अल्जेरिया प्रतियोगिताबाट बाहिरिने छ । विश्वकप अन्तर्गत समुह ‘जी’ को दोस्रो चरणको अन्तिम खेलमा सोमबार बिहान पौने ४ बजे अमेरिका र पोर्चुगलबीच हुने छ ।
उक्त खेलमा जित हाँसिल गरे अमेरिकाले प्रिक्वार्टरफाइनलमा ठाउँ पक्का गर्नेछ । अमेरिकाले पहिलो खेलमा घानालाई २–१ ले हराएको थियो । पहिलो खेलमा जर्मनीसंग ४–० को फराकिलो हार बेहोरेको पोर्चुगललाई भने अर्को चरण प्रवेशको सम्भावना जिवितै राख्न अमेरिकामाथि जित्नैपर्ने हुन्छ ।















प्रतिक्रिया